मुख्य समाचार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता | ‘विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ’ | रेसुंगामा साउने मेलाको भेटी गणना सुरु | शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय | धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ |

प्रभु बैंक राखिएको पैसा गायब, छानविन हुँदै

Ujyalosandeshonline 12082+ समाचार ( )
१७ श्रावण २०८१, बिहीबार

झापा । प्रभु बैंकले बचतकर्ताको करोडौं रकम गायव पार्ने गरेको पाइएको छ । प्रभु बैंकमा रकम बचत गर्ने बिर्तामोडका मञ्जुकुमारी नेपालको करोडबढी रकम गायब भएपछि बैंकले बचतकर्ताको रकम गायब पार्ने गरेको पाइएको हो । नेपालले गत माघ ३ गते प्रभु बैंकको बिर्तामोड शाखामा १ करोड १० लाख ४३ हजार रुपैयाँ ६ महिनाका लागि मुद्दती खातामा जम्मा गरेकी थिइन् ।

मुद्दती खातामा रकम राखेको प्रमाण लिएर ढुक्क भई नेपाल दम्पती छोरा–बुहारी भेट्न अमेरिका गएका थिए । करिब तीन महिना अमेरिकामा बिताएर हालसालै उनीहरू घर फर्किएपछि बैंकमा गएर रकम निकाल्न खोज्दा दुई लाख रुपैंयाँ मात्र बचत रकम रहेको पाइएको थियो ।

६ महिनाका लागि राखेको रकमको समयावधि सकिएपछि मंगलबार नेपाल पैसा झिक्न बैंक पुगेकी थिइन् । बैंकका कर्मचारीले जब सम्बन्धित व्यक्तिको नाम र खाता नम्बर मागेर कम्प्युटरमा ‘सर्च’ गरे, तब ६ महिनाअघि राखिएको रकम गायब थियो ।

‘पैसा लिन जाँदा सबै पैसा गायब थियो, पीडित मञ्जुका श्रीमान पत्रकारसमेत रहेका टीकाराम नेतीले भने,‘किन र कसरी त्यत्रो रकम गायब भयो ? यसको जवाफदेही बैंक हुनुपर्छ ।’

बैंकका मार्केटिङ म्यानेजर भद्रपुर निवासी प्रमोद सिटौलाले रकम अपचलन गरेको बैंकको दाबी छ । सिटौला बुधबार बिहानदेखि सम्पर्कविहीन छन् । बैंकका कर्मचारीकै मिलेमतोमा सिटौलाले रकम गायब पारेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । टीकारामले फरार सिटौलाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका छन् ।

नेपालको मात्र होइन, बिर्तामोडका व्यवसायी प्रविण अग्रवालको पनि रकम त्यसरी गायब पारिएको पाइएको छ । अग्रवालले आफ्ना छोराको नाममा खाता खोलेर बचत गरेको रकम बैकले गायब पारेको आरोप लगाएका छन् ।

‘मेरा दुईवटा छोराको नाममा एक लाख ३ हजारका दरले बिर्तामोडमा शाखा रहेको प्रभु बैंकमा मुद्दती खाता खोलेर बचत गरेको थिए, अग्रवालले भने,‘पछि बैंक आएर हेर्दा दुईवटै खातामा दुई सय भन्दा कम मौज्दात रहेको देखियो ।’ उनले २ लाख ६ हजार बचत गरेको भौचर आफूसँग सुरक्षित रहेको भन्दै रकम फिर्ताका लागि बैंकमा निवेदन दिएको बताए ।

नेपालले बैंकको ठगी सार्वजनिक भएपछि ठगिएका हरु पनि सम्पर्कमा आउन थालेको बताएका छन् । बैंकमा रकम छ भनेर ढुक्क भएर नबस्न उनले अरुलाई पनि सुझाव दिएका छन् ।

बैंकका बिर्तामोड शाखा प्रबन्धक गणेश बरालले घटनापछि बैंकको केन्द्रिय छानविन टोली बिर्तामोड आउँदै गरेको जानकारी दिए । उनले छानविनपछि यथार्थ थाहा हुने भन्दै उनले बचतकर्ताको रकम हराउन नहुने धारणा राखे ।

उनले बैंकका कर्मचारी सिटौलाले बदमासी गरेको हुनसक्ने आशंका गरे । छानविन समितिले बिहीबारदेखि नै काम सुरु गर्ने उनले बताए । घटनापछि प्रभु बैंकमा रकम जम्मा गर्ने बचतकर्ता त्रसित बनेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार