मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

भैरहवामा लागूऔषध सेवन गरी सवारी चलाउने ८ चालक पक्राउ

Ujyalosandeshonline 12437+ समाचार ( )
११ वैशाख २०८३, शुक्रबार

भैरहवा । रुपन्देहीको सिद्धार्थ राजमार्ग अन्तर्गत ओमसतियामा प्रहरीले विशेष जाँच अभियान सञ्चालन गरी लागूऔषध सेवन गरेर सवारी साधन चलाउने ८ जना चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही, वडा प्रहरी कार्यालय भैरहवा र सिटी अस्पतालको प्राविधिक सहयोगमा ओमसतिया गाउँपालिका-१, ठुटिपिपलमा गरिएको चेकजाँचका क्रममा उनीहरु पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले राजमार्गमा गुड्ने साना तथा ठूला सवारी साधनका चालकहरुमाथि गरिएको मादक पदार्थ (मापसे) र लागू पदार्थ (लापसे) परीक्षणका क्रममा ८ जनाले लागूऔषध सेवन गरेको पुष्टि भएको जानकारी दिए।

सडक सुरक्षालाई ध्यानमा राख्दै सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरीले पछिल्लो समय प्राविधिक उपकरण र स्वास्थ्यकर्मीको सहयोगमा सक्रियता बढाएको छ। प्रहरी नियन्त्रणमा रहेका चालकहरुका बारेमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। सार्वजनिक सडकमा नशालु पदार्थ सेवन गरी सवारी चलाउँदा जोखिम बढ्ने भन्दै प्रहरीले यस्तो कडा निगरानीलाई निरन्तरता दिने बताएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार