मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

मानवता र धर्तीको रक्षाको सुनिश्चितता आवश्यक : प्रधानमन्त्री ओली

Ujyalosandeshonline 11004+ समाचार ( )
२६ श्रावण २०८१, शनिबार

काठमाडौं । प्रधानीमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निस्वार्थ भावनाका साथ गरेको काम नै सहयोग भएको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित लायन्स इन्टरनेसनलको जिल्ला  पदस्थापना समारोहमा उनले अरुलाई देखाउनको लागि गरिने काम सहयोग नभएको भन्दै परोपकारी, मानवता र इमानको भावका साथ सहयोग गर्नुपर्ने बताए । 

उनले भने, ‘कसैले देख्यो कि देखेन भनेर सानो सहयोग गरेर फोटो खिचेर सामाजिक सञ्जालमा राखेर गरेको काम सहयोग होईन् । परोपकारी, मानवता र इमानको भावका साथ सहयोग गर्नुपर्छ । तपाईहरुले यो सेवाभावका साथ जुन काम गरिरहनु भएको छ, त्यसमा म तपाईहरुको साथमा छु । अर्थात अहिलेको सरकार लायन्सहरुको साथमा छ ।’

उनले यो संस्थाले सेवा दिने क्रममा कसैको जात, देश, धर्म केही नसोध्ने भन्दै सबैलाई सद्भाव र समृद्धिको भावले यसले सहयोग गर्ने बताए । 

उनले भने, ‘समाज सेवाले जात सोध्दैन, देश सोध्दैन, धर्म सोध्दैन । सबैलाई सद्भाव र समृद्धिको भावले सहयोग गर्नुपर्दछ । यो एकदमै राम्रो काम हो यो राष्ट्रको पक्षमा छ ।’

यसको साथै, देश राम्रो छ तर मानव र समाज नै विग्रिएको भन्दै आजको अवस्थामा मानवताको आवश्यकता भएको पनि उनको भनाई छ । 

उनले भने, ‘नेपाल विग्रिएको छ, हाम्रै कारणले हो । प्रकृति कति राम्रो छ हेर्नुस् न हाम्रो नेपालमा । यत्ति राम्रो देश संसारमा पाइदैन, त्यस्तो राम्रो छ हाम्रो यो देश । विग्रिएको नेपाली समाज हो । मान्छे मार्नका लागि आज मान्छेले हतियार बनाएको छ । अनेकौं पटक पृथ्वी ध्वस्त हुनेगरि हतियार बनाउन विश्व आज प्रतिस्पर्धा गरिरहेको छ । त्यसैले आज मानवताको आवश्यकता छ । आउँदा दिनमा मानवता र धर्तीको रक्षाको सुनिश्चितता हुनुपर्दछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार