लुम्बिनी प्रदेश सभाको ३४ औं बैठक बस्दै, यस्ता छन् बैठकका कार्यसूची

Ujyalosandeshonline 11543+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

दाङ ।  लुम्बिनी प्रदेश सभा चौथो अधिवेसनको ३४ औं बैठक आज सोमवार बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश लोक सेवा आयोगको बार्षिक प्रतिवेदन २०८०/०८१ सभामा पेश गर्नुहुने भएको छ । 

साथै बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढाले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । 

स्वास्थ्य मन्त्री खेम बहादुर सारुले प्रदेश सभा बैठकको शून्य समय र विशेष समयमा हालसम्म उठेका आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ सहित मन्तव्य राख्ने कार्यसूची रहेको छ । साथै बैठकमा प्रदेश सभा सदस्यहरुले समसामायिक बिषयमा बोल्ने समेत कार्यसूची राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार