मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

काभा नेसन्स लिग : आज नेपाल र भारतबीच प्रतिस्पर्धा

Ujyalosandeshonline 12198+ समाचार ( )
१९ श्रावण २०८१, शनिबार

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र  भारत भिड्दैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने आजको पहिलो खेलमा यी दुई टोली आमनेसामने हुन लागेका हुन् ।  यो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । 

लिग चरणमा एक खेल मात्र खेलेको नेपालको खातामा ३ अंक मात्र छ । नेपालले लिगको उद्घाटन खेलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पारेको थियो ।  लिग चरणको दुई खेलमा अपराजित रहेको भारत ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा इरानमाथि ३–१ को सेटमा विजयी भएको भारतले लिग चरणको दोस्रो खेलमा मालदिभ्सलाई सोझो सेटमा पाखा लगाएको थियो । 

जारी लिगमा भारत नेपालका लागि बलियो प्रतिद्वन्दी मानिन्छ। यसअघिका भेटमा नेपालमाथि भारतीय टोली हाबी हुँदै आएको छ । सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भारतलाई १ सेट मात्र पराजित गरेको थियो ।  त्यो नै नेपालको अहिलेसम्मको उत्कृष्ट नतिजा हो । तर पनि नेपाल सागमा भारतसँग पराजित भएको थियो । 

त्यस्तै, आज हुने दोस्रो खेलमा इरान र मालदिभ्स खेल्नेछन् ।  सोही कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुने तालिका छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार