मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |
मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |


रुपन्देहीमा धमाधम समातिदै फरार

Ujyalosandeshonline 11009+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

भैरहवा । पछिल्लो समय रुपन्देही प्रहरीले धमाधम फरार प्रतिवादीहरु पक्राउ गरिरहेको छ । अदालतमा विभिन्न मुद्दामा दोषी ठहर भई कैद र जरिवाना सजाए पाएका फरार प्रतिवादीलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको हो ।

पुस महिनामात्रै ३० जना फरार प्रतिवादीलाई पक्राउ गरेर सजाए भुक्तानका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीले बताए ।जिल्लाका विभिन्न प्रहरी युनिटबाट खटिएका प्रहरीले फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।

‘फौजदारी अपराधको कसुर ठहर भएर सजाए पाएका व्यक्तिहरु समाजमा घुमिराख्नु शान्ति सुरक्षामा चुनौतीको विषय हो’ रुपन्देहीका एसपी रंजितसिंह राठौरले भने, ‘जसप्रति अभियान नै चलाएर हामी निर्मम रुपमा उत्रिएका छौँ ।’ प्रहरीले अदालतबाट फैसला भएका फौजदारी र देवानी दुवै प्रकृतिको मुद्दामा फरार प्रतिवादीहरुलाई पक्राउ गरिरहेको छ ।

दशकौँ अघि फरार प्रतिवादीको हुलिया, व्यक्तिगत पहिचान, पेशा, ठेगाना लगायत परिवर्तन गरेर बस्ने गरेकोले उनीहरुलाई पक्राउ गर्नमा चुनौती रहेपनि प्रहरी दिनरात खटेर कार्यसम्पादन गरिरहेको उनी बताउँछन् । कानुनी राज्य र विधिको शासन प्रत्याभूति गराउने उद्देश्यले चलाइएको अभियान अन्र्तगत दैनिक जसो फरार प्रतिवादीहरुलाई पक्राउ गरेर सजाए भुक्तानका लागि अदालतमा पेश गर्ने कार्य भइरहेको उनले सुनाए ।

०८१ भदौ ११ गतेको फैसला बमोजिम बैकिङ कसुर मुद्दामा १५ दिन कैद र ९ लाख ५० हजार जरिवाना फैसला भएका जिल्लाको ओमसतिया गाउँपालिका वडा नं.६ बस्ने सद्दाम अलि पठानलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, ०८१ जेठ १७ गतेको फैसला बमोजिम बैकिङ कसुर मुद्दामा १० दिन कैद र १३ लाख ८३ हजार ३० रुपैयाँ जरिवाना फैसला भएका सिद्धार्थनगर नगरपालिका वडा नं. ६ बस्ने अहमद अलीलाई पनि प्रहरीले पक्राउ गरी अदालत पेस गरेको छ । यस्तै, इलाका प्रहरी कार्यालय, बुटवलको टोलीले ०७९ चैत्र ८ गतेको फैसला बमोजिम बैकिङ कसुर मुद्दामा ६७ लाख जरिवाना फैसला भएका जिल्ला रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं। ७ बस्ने जगन्नाथ पन्तलाई पक्राउ गरी फैसला कार्यान्वयनमा लगेको छ ।

इलाका प्रहरी कार्यालय छपियाको टोलीले ०५४ माघ २९ गतेको फैसला बमोजिम कर्तव्य ज्यान मुद्दामा ५ हजार जरिवाना फैसला भएका शुद्धोधन गाउँपालिका वडा नं. ४ बस्ने झिन्ना थारु, इलाका प्रहरी कार्यालय लुम्बिनीले ०६८ माघ २३ गतेको फैसला बमोजिम कुटपिट तथा लुटपिट मुद्दामा हालसम्म फरार रहेका फरार प्रतिवादी लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ४ बस्ने राजेश बढईलाई पनि पक्राउ गरेको छ ।

इप्रका लुम्बिनीले ०६८ माघ २३ गतेको फैसला बमोजिम कुटपिट लुटपिट मुद्दामा हालसम्म फरार रहेका फरार प्रतिवादी लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ४ बस्ने राजमती देवी बढई, सोही मितिको फैसला र कसूरमा फरार रहेका लुम्बिनी साँस्कृतिक ४ कै कमलावती बढई, सोही मुद्दाकै राजकुमार बढई, उक्त मुद्दाकै लुम्बिनी साँस्कृतिक ४ बस्ने बेलाउति भर र सोही मुद्दाकै सोही वडा बस्ने सीतादेवी बढईलाई पक्राउ गरी अदालत पेस गरी फैसला कार्यान्वयनमा लगेको छ ।

इलाका प्रहरी कार्यालय, मझगाँवाले ०६७ माघ २८ गतेको फैसला बमोजिम खोटा चलन मुद्दामा हालसम्म फरार रहेका फरार प्रतिवादी कोटहीमाई गाउँपालिका वडा नं. ७ बस्ने उमा शंकर दुबे, ०५२ असोज ६ गतेको फैसला बमोजिम कारकाप मुद्दामा हालसम्म फरार रहेका फरार प्रतिवादी कोटहीमाई गाउँपालिका वडा नं. ६ बस्ने बच्चाराम भन्ने राम बचन त्रिपाठी, सोही मिति र मुद्दाका मर्चवारी गाउँपालिका वडा नं. ७ बस्ने छोटेलाल कुर्मी र सोही मुद्दाकै मर्चवारी ६ बस्ने बेचु कुर्मीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीले ०६८ असार २९ गतेको फैसला बमोजिम जुवा मुद्दामा हालसम्म फरार रहेका फरार प्रतिवादी सैनामैना नगरपालिका वडा नं. ५ बस्ने बिष्णुप्रसाद पन्तलाई समेत पक्राउ गरेको छ । पछिल्लो पटक फैसला कार्यान्वयनका प्रहरीले तदारुकता देखाउँदा धमाधम फरार पक्राउ पर्न थालेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार