भैरहवा । २०६५ असोज ६ गते रोहिणी गाउँपालिकास्थित हुलाकी सडकमा ३२ वर्षीय मुनिराम राजभरलाई गलबन्दीले हात बाँधी कञ्चटमा गोली हानी हत्या गरेको अभियोगमा १८ वर्षपछि दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोहिणी गाउँपालिका–४ का ६८ वर्षीय प्रल्हाद कुर्मी र ६० वर्षीय महेन्द्र प्रसाद कुर्मी रहेका छन्।
विशेष प्रहरी टोलीले असोज २१ गते उनीहरूलाई रुपन्देहीका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो। दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभयो।