मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

दशैँपछि भूमि आयोग गठनको तयारी, समस्याग्रस्त सहकारीलाई कारवाही शुरु : मन्त्री अधिकारी

Ujyalosandeshonline 12547+ समाचार ( )
२० अशोज २०८१, आइतबार

परासी । नेपाल सरकारका भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले सरकारले अधिकार सम्पन्न भूमि आयोग गठन गरि जग्गा समस्या समाधान गर्ने गरि अघि बढेको बताउनुभएको छ । विगतमा बनेका आयोगहरुलाई पर्याप्त अधिकार नहुँदा भूमि समस्या समाधान हुन नसकेकोले यसपटक अधिकार सम्पन्न भूमि आयोग गठन हुने उहाँले बताउनुभयो । 

नेकपा एमाले जिल्ला कमिटी पश्चिम नवलपरासीले आज परासीमा गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले दशैँ लगत्तै भूमि आयोगको केन्द्रीय समिति र तिहार पछि जिल्ला समितिहरु गठन गर्ने तयारी भईरहेको जानकारी दिनुभयो । “२०५२ सालमा गठित आयोगलाई सम्पूर्ण अधिकार थियो तर त्यसपछिका आयोगलाई ऐलानी र ८ नम्बर पर्ति बाडँने मात्र अधिकार छ, भूमिहीन जहाँ बसेका छन् त्यहाँको जग्गाको पूर्जा दिने अधिकार नै छैन्, त्यसका लागि कानून संशोधनको विकल्प छैन्,सरकार त्यसमा लागिरहेको छ”, मन्त्री अधिकारीले भन्नुभयो । 

आयोग गठनका लागि गठन आदेश स्विकृतिको प्रक्रिया थालिएको बताउँदै भूमि समस्याको दिगो समाधानका लागि भूमि सम्बन्धि कानूनहरु संशोधन गर्नुपर्ने आवश्यकता देखिएको मन्त्री अधिकारीको भनाई थियो । 

मन्त्री अधिकारीले समस्याग्रस्त सहकारीहरुलाई कारवाहीको प्रक्रिया थालिएको समेत बताउनुभएको छ । देशभर सञ्चालित राम्रा र समस्याग्रस्त सहकारी छनौट गर्न लगाई २२ वटा समस्याग्रस्त सहकारीलाई कारवाही अगाडि बढाईएको उहाँले बताउनुभयो । तर सबै सहकारीलाई एउटै डालोमा राखेर बचत पनि गर्न छोड्ने र ऋण लिएकाले तिर्न नखोज्ने प्रवृत्ति भने गलत भएको मन्त्री अधिकारीले बताउनुभयो । 

एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री अधिकारीले संयुक्त सरकार जनतालाई अधिकतम सेवा सुविधा दिने प्रयत्नमा लागिरहेको तर पनि जनताका अपेक्षा पूरा गर्न एमालेको एकल सरकार नभएसम्म सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले पार्टीलाई बलियो बनाउँदै आगामी निर्वाचनमा एमालेको एकल सरकार बन्ने गरि मिसन ८४ को अभियानमा लाग्न निर्देशन पनि दिनुभयो । 

एमाले केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज सरिता भुसालले एक ढिक्का भएर पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । एमाले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले नवलपरासीको दक्षिणी क्षेत्रको डुबान समस्या, सीमा क्ष्ँोत्रमा बैंकले लगानी नगर्ने समस्या एवं एवं भूमि सम्बन्धि वर्षाैँदेखिका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्नेमा ध्यानाकर्षण गराउनुभएको थियो । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुले सरकारलाई प्रभावकारी सञ्चालन र जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिएको एमाले जिल्ला सचिव धीरज बस्यालले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार