मुख्य समाचार
‘शैक्षिक सुधारका लागि विशेष बजेटको व्यवस्था गरिनेछ’ | तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन | बुद्ध जयन्तीको अवसरमा धकधईमा विपन्नलाई झुल वितरण | प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी | नागरिक सचेत नभई विकास सम्भव छैन – इस्तियाक अहमद खान | भन्सार कडाइपछि रक्सौल सुनसान, वीरगञ्ज बजारमा चहलपहल | केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना | गाउँ पर्यटन ‘मार्टः परम्परागत ज्ञान , सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च | नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो | उभौली पूजा |
मुख्य समाचार
‘शैक्षिक सुधारका लागि विशेष बजेटको व्यवस्था गरिनेछ’ | तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन | बुद्ध जयन्तीको अवसरमा धकधईमा विपन्नलाई झुल वितरण | प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी | नागरिक सचेत नभई विकास सम्भव छैन – इस्तियाक अहमद खान | भन्सार कडाइपछि रक्सौल सुनसान, वीरगञ्ज बजारमा चहलपहल | केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना | गाउँ पर्यटन ‘मार्टः परम्परागत ज्ञान , सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च | नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो | उभौली पूजा |


वीपी स्मृति कपः नेक्सस रूपन्देही र भारतको लाइफ केयर सेमिफाइनलमा

Ujyalosandeshonline 11152+ समाचार ( )
६ कार्तिक २०८१, मङ्गलबार

भैरहवा । नेक्सस रुपन्देही–११ नेपाल र भारतको लाइफ केयर क्रिकेट क्लब भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको खेलमा नेक्ससले बंगलादेशको साइक्यू क्रिकेट एकेडेमी माथि ७ विकेट र भारतको लाइफ केयरले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई १ सय १४ रनले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् ।

सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा जितका लागि पाएको १ सय २१ रनको लक्ष्य नेक्ससले १७ ओभर ३ बलमा ३ विकेटको नोक्सानीमा सहजै पूरा गर्यो । नेक्ससको जितमा शंकर रानाले ३७, मिर्नाल गुरुङले २६, आकाश त्रिपाठीले अविजित १९, विपिन विक्रम शाहीले १६ र वसिर अहमदले नटआउट १५ रनको योगदान दिए । बलिङमा साइक्यू क्रिकेट एकेडेमीका सहदाज रहमान, अकस शाहउद्दिन र शाहबाज चाहउहाले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साइक्यू क्रिकेट एकेडेमीले निर्धारित खेलमा ९ विकेटको नोक्सानीमा १ सय २० रन बनायो । उसका लागि मोहद उमारले ३६, साद इन्ब मोशरफले २९, मुनिम सानरिअर र तनिर हुसेन रानाले समान ११–११ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा नेक्सस रुपन्देहीका बसिर अहमदले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए । यस्तै, दिपेश कँडेल र शाहब आलमले समान २–२ तथा कृष्ण कार्कीले १ विकेट हात पार्न सफल भए । खेलमा वसिर अहमद म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको भारतको लाइफ केयरले ५ विकेटको नोक्सानीमा २ सय ३६ रनको विशाल योगफल बनायो । उसका लागि दीपक पुनिया र राजेश शर्माले अर्धशतकीय पारी खेले । दीपकले ६६ र राजेशले ६१ रन बनाए । यस्तै, जस्मित नैनले अविजित ३३, दीपांन्सुले २३ रन जोडे । बलिङमा श्रीलंका राज्य सेवाका इन्दुमल प्रसाद र रवि किरणले २–२ तथा तुसाराले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको श्रीलंका राज्य सेवा ८ विकेट गुमाउँदै १ सय २२ रनमै समेटियो र हार व्यहोर्यो । उसका लागि विनोद कुमारले २३ र तुसाराले २१ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा भारतको लाइफ केयरका क्षितिजले ४, रोहित डङ्गाल २ तथा योगेश कुमार र दीपक पुनियाले १–१ विकेट लिए । दीप पुनिया म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भरतबहादुर शाहीले जनाए । प्रतियोगितामा दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल गरी पाँच देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार