मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

एकीकृत समाजवादीको युवा संघमा चर्कियो विवाद

Ujyalosandeshonline 12547+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

काठमाडौं । एकीकृत समाजवादीको महाधिवेशन नजिकिँदै गर्दा पार्टी निकट युवा संघ नेपालमा विवाद चर्किएको छ । युवा संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सहसंयोजक नितेश पौडेल, कार्यालय सदस्य रोशन थापा र फुर्वा लामालाई संगठनको जिम्मेवारीबाट निष्कासन गरिएको जनाएको छ ।

उनीहरुले पार्टीको समूहले विधि, विधान र पद्धतिभन्दा बाहिर गएर अराजक गतिविधि फैलाएको आरोप लगाइएको छ । पार्टीले गत भदौ दोस्रो साता संघ अध्यक्षबाट नरेश शाहीलाई बिदा गर्दै कृष्ण विकलाई संयोजक तोकेको थियो । 

तर, पौडेल समूहले शनिबार काठमाडौंमा राष्ट्रिय भेला गरेर नेतृत्व तोकेका थिए । भेलाबाट पौडेल समूहका संयोजक नितेश पौडेल र सहसंयोजकको जिम्मेवारी फुर्वा लामाले पाएका थिए । 

सहसंयोजक पौडेलले समानान्तर कमिटी घोषणा गर्नु संगठनमा व्यक्तिवाद प्रकट भएको युवा संघले जनाएको छ । पत्रकार सम्मेलनमा युवा संघ नेपालका कार्यालय सदस्य धर्म शाहीले समानान्तर कमिटी गठन गरेकोमा पौडेललाई आत्मआलोचना गर्न निर्देशन दिएको भए पनि आफैंले आफैंलाई नेता घोषणा गर्ने लज्जास्पद हर्कत गरेको बताए । 

‘सम्मेलन गर्न आफ्नै विधि र व्यवस्था छ । कमिटी, संगठन नेतृत्व छ । सबै विषयलाई लत्याएर अवैधानिक भेलालाई रोक्न संगठन र पार्टीले गरेको निर्णयलाई समेत अवमूल्यन गरेर आफैंले आफैंलाई नेता घोषणा गर्ने लज्जास्पद हर्कत क्षम्य हुँदैन । यस हर्कतले हामीलाई गम्भीरतापूर्वक सोच्नुपर्ने बनाएको छ,’ उनले भने, ‘यस्ता गतिविधि निरन्तर हुन थालेपछि कार्यालय कमिटीको बैठकबाट विधानमा भएको व्यवस्थाअनुरुप सहसंयोजक नितेश पौडेल, कार्यालय सदस्य रोशन थापा र फुर्वा लामालाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरिसकिएको छ । र, यसको जानकारी पार्टीलाई पठाइसकिएको छ ।’संयोजक विक पार्टीका नेता झलनाथ खनालनिकट हुन् भने सहसंयोजक पौडेल अध्यक्ष माधवकुमार नेपालका भान्जा हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार