मुख्य समाचार
आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने | एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने | रुपन्देहीमा एकै महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता, ८० जना फरार प्रतिवादी पक्राउ | जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन् | बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार | यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित | राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने | बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा | दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा | क्रिकेट टोली स्वदेश फिर्ता |

नीति निर्माणमा तथ्यांकको प्रयोग महत्वपूर्णः मुख्य सचिव अर्याल

Ujyalosandeshonline 12570+ समाचार ( )
१७ पौष २०८०, मङ्गलबार

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले तथ्यांकको प्रयोग नीति निर्माणका क्रममा महत्वपूर्ण हुने बताएका छन् ।काठमाडौंमा आयोजित तथ्यांक दिवस कार्यक्रम २०८० का अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘तथ्यांकको प्रयोग कसरी गर्छौं भन्ने मुख्य कुरा हो ।

तथ्यांकलाई नीति निर्माणमा कसरी प्रयोग गछौं भन्ने कुरा अझ महत्वपूर्ण हो’ अर्यालले भने, ‘हामीले बेला बेलामा तथ्यांकमा आधारित नीति बनाउँछौं भनेर भनिरह्यौं तर त्यस्तो भएन । प्रमाण त हामीसँग यहाँ पर्याप्त छ तर हामी त्यसमा आधारित रहेर कति नीति बनाउँछौं भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’

 विगतमा जिल्लागत तथ्यांक निकालेर काम गरिरहेको भन्दै उनले संघीयतामा गइसकेपछि स्थानीय तहगत तथ्यांक आवश्यक हुने बताए ।तथ्यांकको सही प्रयोग गर्न जान्दा नीति र नियमहरु पनि प्रभावकारी हुने अर्यालले बताए ।

‘२०७८ मा गरेको जनगणनाको पूर्ण प्रतिवेदन अझै प्रकाशित गर्न सकेका छैनौं । तर, त्यो प्रतिवेदन सार्वजनिक नहुँदै प्रत्येक स्थानीय तहले आफ्नो पालिकाको प्रोफाइल बनाएका छन् । त्यसरी प्रोफइल बनाउँदा २०७८ सालमा निकालिएको तथ्यांकभन्दा त्यो डाटा फरक भइसक्यो । कतिपय कुरामा समन्वय भएन’ उनले भने ।

तथ्यांक नियमावली अन्तिम चरणमा रहेको जानकारी दिंदै उनले त्यसले काम गर्न सजिलो हुने बताए । ‘धेरै कामहरु भएका छन्’ मुख्यसचिव अर्यालले भने, ‘धेरै गर्न बाँकी छन् ।  तथ्यांकलाई भरपर्दो बनाउन अझै सबैजनाले लाग्नुपर्ने देखिन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार