मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

इच्छाराज तामाङलाई तीन वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना

Ujyalosandeshonline 11904+ समाचार ( )
२१ माघ २०८०, आइतबार

काठमाडौं । सिभिल सहकारी ठगी प्रकरणमा सञ्चालक इच्छाराज तामाङलाई विशेष अदालतले दोषी ठहर तीन वर्ष कैद र १ अर्ब ७२ करोड रुपैयाँ जरिवाना गरेको छ । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार फैसला सुनाएको हो ।  सजाय निर्धारण गर्दै अदालतले तामाङलाई बिगो रकम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ भराउन समेत आदेश दिएको छ । 

त्यस्तै, तामाङकी श्रीमती सृजना शाक्यबाट १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो भराई १ वर्ष ६ महिना कैद सजाय हुने ठहर गरेको छ । 

सहकारी ठगी प्रकरणमा जोडिएका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई अदालतले १ वर्ष ६ महिना कैद सजायसँगै उनीबाट २५ करोड ६५ लाख ८६ हजार १ सय २४ रुपैयाँ बिगो भराउने फैसला विशेष अदालतले गरेको छ । सहकारीका बचतकर्ताको रकम अपचलन गरेपछि ठगी आरोपमा पक्राउ परेका सिभिलका पूर्वअध्यक्ष तामाङ र अध्यक्ष श्रेष्ठ अदालतको आदेशमा २०७८ पुस १४ देखि थुनामा छन् । 

सम्पत्ति शुद्धीकरणको मुद्दामा सम्पत्ति जफत हुने फैसला गरिए पनि सिभिल सहकारीका निक्षेपकर्ताहरु पीडित रहेका कारण काठमाडौं जिल्ला अदालतमा जारी ठगी मुद्दामा कसुर ठहर भएमा सो सम्पत्तिको पहिलो प्राथमिकता पीडितहरुलाई हुने समेत विशेषको फैसलामा उल्लेख छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार