मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |
मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |


ठेकेदारको चरम बदमाशीमा पनि छैन कार्यवाही

राधेश्याम विश्वकर्मा 58+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

भैरहवा । असारे विकासको चटारोमा अहिले स्थानिय सरकारहरु रहेका छन् । असार भित्र धेरै भन्दा धेरै रकम खर्च गर्नुपर्ने भएको कारण जिम्मेवार निकायहरु नै बिभिन्न गल्तीहरुलाई नजरअन्दाज मात्र गरेका छैनन् उनिहरुको गल्ती पनि ढाकछोप गर्न लागि परेका छन् । 

यसको ताजा उदाहरण बनेको छ सिद्धार्थनगर नगरपालिका । ठेकेदार र नगरपालिकाका कर्मचारीहरुको मिलेमतोमा भईरहेको अनियमित कामलाई स्थानियहरुले औल्याउदा पनि नगरपालिका गल्ती गर्नेलाई जोगाउन खोज्दै छ । उता ठेकेदारले हाकाँहाकी आफ्नो गल्ती स्विकार गर्दा पनि नगपालिका कार्यवाही गर्न हच्किरहेको छ । 

सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ मा काम गरिरहेको आरफा कन्स्ट्रक्सन प्रालीले नगरपालिकाले तोकेको मापदण्ड विपरीत काम गरिरहेको पाईएको छ । स्ल्याब निर्माणमा फलामको दोहोरो जाली बिछ्याउनु पर्नेमा एक वटा मात्र बिछ्याएको पाईएको छ । 

यति मात्र हैन नगरपालिकाको प्राविधिकको प्रत्यक्ष निगरानीमा काम गरिरहेको ठेकेदारले बालुवाको स्थानमा भस्कट प्रयोग गरेको स्थानियहरुको आरोप रहेको छ । स्थानिय चर्तुभुज रेग्मीले ठेकेदारले स्थानियलाई झुक्याएर काम गरेको बताए  ।“फोटो खिच्न र अन्यलाई देखाउन दोहोरो जाली लगाउने गरेका थिए ।” उलले भने “तर पछि ढलान गर्ने बेला एउटा निकालेर एक वटा जालीमा मात्रै ढलान गर्ने गरेको पायौ र उजुरी ग¥यौ ।”

ईन्जिनियरको प्रत्यक्ष निगरानीमा काम हुदा पनि ठेकेदारले ठग्न खोजेको कारण यसमा नगरपालिकाका कर्मचारीको पनि मिलेमतो हुन सक्ने उनको भनाई छ । वडा नम्बर ९ को वडा कार्यालयको भवन अगाडी नै रहेको उक्त कामको लागि वडाका जनप्रतिनिधिहरुले पनि लापारवाही गरेको स्थानियहरुले आरोप लगाएका छन् । नयाँटोल सुधार समितिका सचिव समेत रहेका झविन्द्र बेल्वासेले वडामा ५ जना जनप्रतिनिधि हुदा पनि आफ्नै अगाडीको कामलाई प्रभावकारी तरिकाबाट हेरचाह गर्न नसकेको आरोप लगाए ।

सिद्धार्थनगर नगर पालिका वडा नम्बर ७ र वडा नम्बर ९ जोड्ने नगरपालिकाको योजना थियो । कुलोमा स्ल्याब हाल्न चालु आर्थिक वर्षमा २० लाख रुपैया पनि विनियोजन गरिएको थियो । स्ल्याबको कामको लागि १९ लाख ५५ हजार लागत अनुमान गरिएकोमा काठमाण्डौं महानगरपालिका वडा नम्बर ३१ मा दर्ता रहेको आरफा कन्स्ट्रक्सन प्रालीले ३३ दशमलव ४ प्रतिशत कममा बोली लगाउदै १३ लाख २ हजार २ सय रुपैयामा उक्त ठेक्का हात पारेको थियो । 

२०८० फागुन २२ गते सम्झौता भए पनि निकै पछि मात्र उसले काम सुरु गरेको सिद्धार्थनगर नगरपालिकाका महाशाखा प्रमुख ईन्जिनियर साकार श्रेष्ठ बताउछन् । पटक पटक लिखित एवम मौखिक ताकेतापछि काम सुरु गरेको ठेकेदारलाई यहि जेठ ३१ गते उक्त काम सकाउनुपर्ने चटारो रहेको छ । 

काममा बदमाशी गरेको ठेकेदारले भने सबै दोष कामदार माथी थोपारेका छन् । आफु नहुदा कामदारले त्रुटि गरेको स्विकार गर्दै ठेकेदार ईरफान अलीले उक्त काममा सुधार गर्ने बताए । “कामदारले लापारवाही गरेका हुन् यसलाई म आफै उपस्थित भई सुधार गर्न लगाउछु ।” उनले भने “बालुवा पनि राम्रो छैन मैले त्यो पनि देखे यसको सट्टा अर्को बालुवा प्रयोग गर्छु ।”

सोही कामको लागि खटिएका साईड ईन्चार्ज सिद्धार्थनगर नगर पालिकाका असिष्टेन्ट सब ईन्जिनियर बाबुराम भण्डारीले पनि आफु नभएको समयमा ढलान गरेको भन्दै पन्छिन खोजे । “यो हिजो मात्र गरेको हो, अस्ति सम्म गरेको काम ठिकै थियो ।” भण्डारीले भने “यसलाई भत्काएर फेरी निर्माण गराउने तर्फ लाग्नेछौं ।”

ठेकेदारले गर्ने कामको गुणस्तरको प्रारम्भिक अनुगमन गर्ने काम साईट ईन्चार्जको हो । साईट ईन्चार्जको अनुपस्थितिमा ढलान गरिदा बदमाशी भयो भन्ने एउटा तर्क होला तर अन्य दिनहरुमा साईट ईन्चार्जले प्रयोग भईरहेको कमसल सामाग्रीबारे कुरा नउठाएको भन्दै स्थानियहरुमा रोष रहेको छ । 

यता नगरपालिकाका महाशाखा प्रमुख ईन्जिनियर साकार श्रेष्ठले भने आफ्नो कर्मचारीले कुनै गल्ती नगरेको दावी गरे । उनले कर्मचारीहरुको संलग्नता देखिए कार्यवाही गर्ने बताए । 

काममा लापारवाही मात्र नभई ठेकेदारले बदमाशी गर्दा पनि उसलाई कार्यवाहीको दायरामा ल्याउने प्रति नगरपालिका भने केही बोल्दैन । ठेकेदारले बदमाशी गरि बनाएको स्ल्याब भत्काएर नया स्ल्याब बनाउदैमा कार्यवाही पुरा नहुने स्थानियको भनाई छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार