एमाले निकट अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरे प्रतिनिधि सभा सदस्यहुन् । पाल्पाक्षेत्रनम्बर २ बाट निर्वाचित उनी नेकपा एमालेका वैचारिक एवम प्रभावशाली नेताका रुपमा चिनिन्छन् । ०७० र ०७४ दुवै चुनावमा प्रत्यक्ष निर्वाचनका लागि दावेदार रहे पनि उम्मेदवार बन्नबाट बन्चित भएका गैरे ०७९ को निर्वाचनमा भने नेकपा(एकीकृत समाजवादी)का उम्मेदवार सोमप्रसाद पाण्डेलाई पराजितगर्दै संघीय संसदमाप्रवेश गरेका हुन् ।
४६ औंपुष्पलाल स्मृति दिवस मनाइ रहँदा आजको कम्युनिष्ट आन्दोलन, यसको सान्दर्भिकता एवम कांग्रेस–एमालेबीचको सत्ता सहकार्यलगायतका समसामयिकविषयमा केन्द्रीत रहेर कुराकानी :
४६ औंपुष्पलाल स्मृतिदिवस विभिन्नकार्यक्रम गरेर मनाइँदैछ । यहाँले पुष्पलालको योगदानलाई कुन रुपले स्मरण गर्नुहुन्छ ?
सर्वप्रथम ४६ औं पुष्पलाल स्मृतिदिवसको यस महत्वपूर्ण घडीमा म उहाँप्रतिउच्च सम्मान सहित श्रद्धासुमन व्यक्तगर्दछु । पुष्पलाल नेपाली समाजमा दुरदृष्टि राख्ने,समाज परिवर्तन र रूपान्तरणको क्षेत्रमा दार्शनिक, सैद्धान्तिक व्याख्या गर्नसक्ने एक सम्मानित नेताका रुपमा स्मरण गर्दछु । उहाँलाई कम्युनिष्ट आन्दोलनको संगठनात्मक जीवन संघर्षका अगुवा भन्न रुचाउँछु । खासगरी लोकतन्त्र प्राप्ती, जनजीविका, विकास, समृद्धिको, न्याय र समनताको एवम समाजवाद हासिल गर्ने लक्ष्य प्रतिस्पष्ट दृष्टिकोण सहितको नेताका रुपमाबुझ्दछु । उहाँले सैद्धान्तिक, संगठनात्मक र संघर्षका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ ।
उहाँले नेपालको परिवर्तनमा निरकुंश पञ्चायती व्यवस्थाको अन्त्यकालागि, नेपालका बामपन्थी र प्रजातन्त्रवादीहरूको संयुक्त आन्दोलन जरूरी छ भन्ने दृष्टिकोण अगाडि सार्नु भएको थियो । २०४६ मा पञ्चायती विरोधी संघर्षमा त्यो प्रकट भयो । अनि२०६२÷६३ मा गणतन्त्र प्राप्तीको निम्तिउहाँले व्यक्त गर्नु भएको विचारले पनि उत्तिकै काम गर्यो ।
उहाँले राख्नु भएको सोच अनुसार पहिलो संविधान सभार दोस्रो संविधान सभाको अन्त्यमा फेरी देशकामुख्य राजनीतिकशक्तिकाबीचमा मेलमिलापभयो । देशमा व्याप्तनिराशालाई आशामा बदल्ने, अविश्वास लाई विश्वासमा बद्ल्ने, विकास निर्माणको अपेक्षालाई पूरा गर्ने, देशको आर्थिक संकट लगायत अन्य जटिलताहरू समाधान गर्नेमा उहाँको भूमिका महत्वपूर्ण छ ।
खासगरी जुन स्थिर सरकारको अभाव छ, त्यहीँ कुरा स्थायित्व र स्थिरता लामो समयदेखि देशले अभाव महसुस गरेको थियो त्यसलाई पूरा गर्नका लागिअहिले ४६ औं स्मृतिदिवस मनाइरहेका छौं । नेकपाएमाले र नेपाली कांग्रेस लगायतका दलहरू मिलेर संविधानको आवश्यक्ता अनुसार संशोधनगर्ने, समृद्ध बनाउने, स्थायित्व र स्थिरताको प्रत्याभूतिगर्ने, विकास निर्माणका कामहरूलाई गति दिने, भ्रष्टाचार र कमिसनहरूको अन्त्य गर्ने एजेन्डाहरूमा केन्द्रितभएर हामीहरू एक ठाउँ भएका छौं ।
पुष्पलाललले यो संसदीय सर्वाेचतालाई र संसदको भूमिकाको महत्वलाईमहत्वका साथ अगाडि सार्नुभएको थियो । अहिले आएर हेर्दा पनि लाग्छ कि उहाँले कति दिर्घकालिनभएर सोच्नु भएको थियो । १७ सालमाचाहीँ राजा महेन्द्रले संसद्लाई ‘कू’गरेपछि उहाँले संसदलाई स्थापनाको एजेण्डा अगाडि सार्नुभएको थियो । जब कि कम्युनिस्ट पार्टीको त्यो समय जम्मा चार सिट मात्र रहेको थियो । ०४६ साथै ०६२ र ६३ पछिसंसदको पुर्नस्थापनाको एजेण्डा अगाडि सारेर गणतन्त्र घोषणा गर्ने कामगर्यौ ।
उहाँले हामी सबैलाई संसदको महत्वबुझाउनुभयो । संसदीयप्रणालीको माध्यमबाट शान्तिपूर्ण आन्दोलन, संसदीयप्रणाली, शान्तिपूर्ण सर्घष संसदीय प्रणालीबाटबहुमतको सरकार र त्यसबाट फेरि विकास निर्माणको जनअपेक्षा पूरा गर्दै आन्दोलनलाई अझबलियो बनाउँदै शान्तिपुर्ण प्रतिस्पर्धाको बाटोबाट,संसदीय प्रणालीबाट समाजको आर्थिक सामाजिक रुपान्तरणको कार्यक्रमलागू गरेर समाजवादहासिल गर्न सकिन्छ भन्ने जुन कुरा आज देशका सबै शसस्त्र राजनीतिको विद्रोह गर्ने ,वैचारीक समूहदेखि जनताको बहुदलीयजनवादमाक्र्सवादको सिर्जना गर्ने हामी सबै एक ठाउँमा आएका छौं । शान्तिपूर्ण संघर्ष, प्रतिस्पर्धाको बाटो र त्यसका माध्यमबाट आर्थिक सामाजिक रुपान्तरण साथै समाजवादीलक्ष्यहासिलगर्न सकिन्छ भन्ने पुष्पलालको परिकल्पनाकै बाटो हामी हिडिरहेका छौं ।
पुष्पलालले २०३३ सालतिर नै मुलुकमा गणतन्त्र आवश्यक छ भन्नुभएको पाइन्छ । सोहीबमोजिम०६२।०६३ जन आन्दोलनबाट लोकतान्त्रिक गणतन्त्र अभ्यास गरिरहेका छौं । के नेपालका कम्युनिष्टहरु गणतन्त्रप्रति वफादार छन् ?
संसद पुर्नस्थानाको नारा, गणतन्त्रको नारा र संविधान सभाबाट संविधानबनाउने कुरा एवम शान्तिपूर्ण संघर्षबाटै समाज परिवर्तन गराउन सकिन्छ भन्ने नारामै हामी हिडिरहेका छौं । कम्युनिष्ट आन्दोलनले बन्दुकको नालबाटै सत्ताप्राप्तगर्न सकिनेकुरा नेपालमासंभव छैन भन्ने स्पष्ट भइसकेको छ । हाम्रो देशमापनि कम्युनिष्ट पार्टीको नाममाविभिन्न शसस्त्र आन्दोलन भयो, हिंसात्मक द्धन्द्ध भयो तर पुष्पलालले त्यसबेलै नेपालमा शसस्त्र विद्रोहबाट कम्युनिष्ट आन्दोलन संभवथिएनभन्नुभएको थियो । आजशान्तिपूर्ण बाटोमा आएका छौं । पुष्पलालले उसबेलै देशकावामपन्थी र प्रजातन्त्रवादीहरु एक ठाउँमा आउनुपर्छ भन्नुभएको छ । तपाइँसँगयहाँ कुराकानी गरिरहँदाहामीत्यही बाटोमा छौं । पुष्पलालले भनेकै ठाउँमा उभिदाआन्दोलन सफलभएको छ ।फेरि पनि सफलहुनेछौं ।
तर पुष्पलालले एकताबद्ध कम्युनिष्ट पार्टीको परिकल्पना गर्नुभएको थियो ।हजुरहरु त छिन्नभिन्न अवस्थामा हुनुहुन्छ त ?
आजकादिनमाहामीलेभन्नसक्ने भनेको नेपालको आर्थिक, सामाजिकविकासकालागि, शुसासनकालागि, न्याय र समानताकालागिएवम समाजवादहासिल गर्नका लागि कम्युनिष्ट पार्टीको विकल्प छैन भन्नुभएको थियो । हामीआजकादिनमात्यही ठाउँमा छौं । त्यसकालागि कम्युनिष्ट पार्टीहरु एकीृकत हुनुपर्छ भन्ने कुरालाई हामीले गहिराइका साथआत्मसाथ गर्न सकिरहेका छैनौं । बेला बेलाहामी एकताबद्ध पनि हुन्छौं तर त्यसमा टिकिरहेका छैनौं । पछिल्लो समयपनिएकता र विभाजनकाश्रृखलाहरु छन् ।
०४६ सालपछि पनिमाले र एमाले बन्यो त्यसपछि नेकपाबन्यौं । फेरि एकताबद्ध भएर एमाले भयौं फेरि नेकपाभयौं । फेरि विभाजितहुँदै नेकपाएमाले भएका छौं तर अहिले एमालेबाट विभाजितवाअन्य दलबाट विभाजितभएकाहरु झनझनपुनःविभाजितहुँदै गएकागएका छन् । अहिले सत्ता स्वार्थ र व्यक्तिगत कारणले विभाजितभएपनिभोलि एकताबद्ध हुने भनेको पुष्पलालकै बाटो अवलम्बन गर्ने हो ।
एकताबद्ध गर्नेप्रयासहरु भइरहेपनिएमाले नेतृत्वकै कारण कम्युनिष्ट एकताभएनभन्ने आरोप लागिरहेको छ नि ?
यसमा व्यक्तिहरुको सोच फरक भयो होला । तर एमाले एकताका विरुद्धमा हिजो, आज र भोलिपनि छैन । एकता भनेको बैचारिक, सैद्धान्तिक आधारमा, देश र जनताको हितमा गर्ने र एकता समाजवादी लक्ष्य हासिल गर्नका लागि गरिने हो । केही नेताहरुको बीचमा लेनदेन गरेर, केही सुखसयलका एजेन्डामा वा नेताहरुको पद प्रतिष्ठा बृद्धिका लागि एकता हुँदैन । एकता सैद्धान्तिक, वैचारिक जगमा, देश र जनताको हितमा, गरिब, शोषण परेका र प्राथमिकता नपाएको व्यक्तिहरुको हितमा गर्ने हो । शिक्षा, स्वास्थ्य र रोजगारी मौलिकहकको कुरा कार्यान्वयन गर्नका लागि एकताबद्ध कम्युनिष्ट पार्टी चाहिएको हो । बलियो कम्युनिष्ट पार्टीको सरकार चाहिएको हो ।मुलुककाविद्यमान समस्या र निराशालाई आशामा बदल्न, व्यवस्था नै खराब हो कि भन्ने सन्देश न्यूनीकरण गर्नका लागि, स्थिरिता र स्थायीत्वका लागिएमाले र कांग्रेस एक ठाउँमा छौं । ०८४ पछि भने कम्युनिष्ट पार्टीको सरकार बनाउन र एमालेलाई निर्णायक शक्ति बनाउनका लागि पुष्पलालको बाटो अवलम्बन गर्नका लागिलागेका हौं । बलियो कम्युनिष्ट पार्टी, लक्ष्य उद्देश्य प्रति समर्पित र संविधानको रक्षा र कार्यान्वयन एवम समाजवादी पार्टी निर्माणका लागि पुष्पलालको बाटोबाट मात्र ठिक ठाउँमा पुग्न सक्छौं ।
दुई ठूला दल सहकार्य गरेर सत्ता संचालन गरिरहेका छन् । यो सहकार्यको प्रमुख कारण संविधान संशोधन र स्थिर सरकारका लागिभनिएको छ । तर संविधान जारी भएको नौं बर्षसम्म सहकार्य हुननपर्ने, अनि रातारात सहकार्य गर्नुपर्ने त्यस्तो के आपतआइलाग्यो ?
पहिलो कुरा, हिजोको प्रतिनिधिसभालाई हेर्ने हो भने संविधान संशोधनको बारेमा राजनीतिकदलहरुले आआफ्नै एउटा स्थान खडा गरेका देखियो । तर प्रतिनिधिसभामा जो जसले संविधान संशोधनको विपक्षमाआफ्नो स्थान राख्नुभयो । उहाँहरुले नै आजभन्दा धेरै अगाडि व्यक्त गर्नुभएको विचारहरु हामी हेर्ने हो भने सबभन्दा बढि संविधानलाई समृद्ध गर्नुपर्छ आवश्यकताअनुसार संसोधन गर्नुपर्छ भनेको कुरा रेकर्डमा होला ।
दोस्रो कुरा, ०६२–६३ पछि र संविधान जारी भएपछि आजसम्मभएका स्थानीयनिर्वाचनप्रदेश सांसदको निर्वाचन र प्रतिनिधिसभाको निर्वाचन अगाडि निर्वाचनको समयमावानिर्वाचन सम्पन्न भएपछि सबै दलका समीक्षालाई हेर्ने हो भने र सबै दलका नेताहरुले निर्वाचन प्रणालीका बारेमा,निर्वाचनखर्चिलो र भड्किलो भयो भन्दै आउनुभएको छ । भएका टिप्पणीहरु,प्रतिवेदनहरु र दस्तावेजहरुले पनि संशोधनआवश्यक छ या छैन् भन्ने स्पष्ट बनाउँछ । संविधानको कार्यान्वयनकाक्रममा देखिएकाशासकीय स्वरुप,शासकीयप्रणाली र जटिलताहरु हेरेर अनिहामी स्वयंमले संविधान जारी गरेकै बेला लेखेकोे हरेक दशवर्षमा संविधानपुनरावलोकन हुनुपर्छ भन्ने छ । त्यसैले संविधानलाई कुनै एउटा शिलालेखको रुपमालिएका छैनौं । परिवर्तनशिल दस्तावेजका रुपमालिएका छौं । त्यसैले दशदशवर्षमा संविधानमाथि समीक्षा गर्न,कार्यान्वयको प्रक्रियामाउत्पन्नभएका जटिलताहरुलाई फुकाउन, दशवर्ष नपुग्दै दुई पटक त संशोधन गरिसकेको छौं । संशोधनकोप्रक्रियामात सहभागीभइसकेका छौं ।संशोधनको विषयमाकल्पनापनि गर्नुहुन्नभन्ने, संविधानको परिवर्तनशिल दस्तावेज होभन्ने कुरा नै अस्वीकार गर्ने हो त ?यो असम्भव छ । तरपनि संशोधनको बारेमा आ–आफ्ना अडान छन् । शासकीय प्रणालीमा कसैको प्रत्यक्षनिर्वाचित राष्ट्रपतिको धारणा छ, कसैको प्रत्यक्षनिर्वाचितप्रधानमन्त्रीको धारणा छ । कसैको अहिले अवलम्व गरेको यही प्रणालीलाई सुधार गर्नुपर्छ भन्ने छ । उठेका सबै मान्यताको बारेमा बृहत छलफल गरेर अझबलियो गतिशिल र समृद्ध बनाउने प्रयोजनमा जुट्नुपर्ने छ । आवश्यकताअनुसार संशोधन गर्नुपर्ने बेलाभएको छ । यस सवाललाईएमाले र कांग्रेसले आत्मासाथ गरेका छन् ।
हिजो संविधान जारी भएदेखि जारी भएको दिनलाई‘कालो दिवस’भन्ने,संविधानजनताको पक्षमा छैन् भनेर जलाउने तर यही संविधानभित्र रहेर निरन्तर आवाज उठाउने राजनीतिकशक्तिहरु पनियहाँ छन् नि । त्यसकारण तिशक्तिहरुकाआवाजलाई पनि भेन्टिलेट गरेर संविधानलाई अझ बढि सर्वसम्मतबनाउँदा देशको लागिहित हुन्छ । त्यसैले पनिअहिलेको सहकार्यको महत्वपूर्ण छ । कतिपयले प्राप्तउपलब्धीलाई कमजोर बनाउने काममादुई दल संगठित भएको, ०४६ सालतिर फर्काउन सहमतभएकोभन्ने हिसाबले प्रचार गरिरहनु भएको छ त्यो गलत छ । कुनै राजनीतिक जग, सैद्धान्तिक जग बिनाबोल्नकालागि र विरोध गर्ने तरिका मात्रै हो ।
अहिले मुख्य रुपमा उठेको प्रश्न सुशासनको हो । दोस्रो, भ्रष्टाचार र कमिसनतन्त्रदेशमा मौलायो, भ्रष्टाचारी र तस्करीहरुले संरक्षण पाएभन्ने छ । देशमा सुन तस्करीका यत्ति ठूला घट्नाहरु भए, घुस लिनेदिने विषय सामान्य बनेका छन् । त्यसैले सुशासनलाई बलियो बनाउन, भ्रष्टाचार एवमकमिसन र तस्करीलाई न्यूनीकरण गर्न सहकार्य आवश्यक छ । साथै विकासको गति ज्यादै न्यूनभयो, पुँजीगतखर्च ५० प्रतिशतपनिनपुग्ने अवस्थाआयो साथै चालू खर्च बढी हुने पुँजीगतखर्च कमहुने अवस्थासिर्जना भएको छ । विदेशीअनुदान घट्दै जाने, वैदेशिक ऋण बढ्दै जाने र विकास खर्च क्षमतापनिकमजोर हुँदै जाने कुरा देशको लागि राम्रो होइन् । त्यसैले यो कुरालाई हामीले सच्याएर अगाडि बढ्नुपर्छ ।
ठूला दल मिल्दाप्रतिपक्षफितलो हुने, निरंकुशता र ताना साही प्रवृत्ति हाबी हुने आशंका गर्ने गरिन्छ । यस्तो आशंकालाई कसरी चिर्न सकिएला?
अहिलेको हाम्रो अपिल के छ भनेसदनमार सरकारमा सशक्त सत्तापक्षएवम सशक्तप्रतिपक्षको खोजीनगरौं । देशको लागि राष्ट्रिय सहमतीको सरकारको आवश्यकता छ । आजको आवश्यकतार मागत्यहीहो ।राष्ट्रिय सहमतिको सरकार बन्ने वित्तिकै प्रतिपक्ष हरायो भन्ने धारणा राख्नु पर्दैन् । हामीआफंै सत्तापक्ष र प्रतिपक्षहुन सक्छौ । समाजमा रहेका समस्या र जटिलताका बारेमा हरेकले आलोचनात्मकधारणा राख्छौं ।मिडिया, नागरिक समाज, बुद्धिजीविले खबरदारी गरिहाल्छन् ।त्यसले गर्दा हरेकले यसलाई राष्ट्रिय सहमतीको सरकार भनौ, देशको मूल समस्याहल गर्नको लागि केन्द्रीतहौं । सिंगो देशनागरिक समाज, मिडियाले र प्रतिनिधि साथै राष्ट्रिय सभामा रहेका हरेकले आलोचनात्मक सोचबाट हेरौं र अगाडि बढौं ।
यो बाटोबाट जानुपर्नेआजको आवश्यकता छ । आजको आर्थिक संकट, स्थिरता र स्थायित्वको अभाव, कारण पक्कै परम्परागतकार्यशैली, सोचकाहिसाबले र अन्य क्षेत्रमा देखा परेका समस्या समाधान गर्ने हिसाबले राष्ट्रिय सहमतीका सोचका साथ अगाडि बढौं, यसले गर्दा संविधानलाई थप समृद्ध गर्न सकिन्छ, आजको अस्थिरतालाई स्थिरतामा बदल्न सकिन्छ ।
एमाले र काङ्ग्रेस मिलेर सरकार बनाएको मतलबहामीबीचको प्रतिस्पर्धाको अन्त्यहोइन् । अबको तीनवर्षपछि हुने चुनावको मुख्यप्रतिस्पर्धा एमाले र काङ्ग्रेस नै हो । हामी सत्तापक्षपनिहो हाम्रो बीचमाप्रतिस्पर्धापनि छ । त्यसकारण हामीस्वंयमप्रतिपक्षहौं ।यहाँप्रतिपक्षको आकार कति छ भनेर हिसाब गर्नुपर्ने जस्तो मलाई लाग्दैँन् ।
मान्छेहरुले संघीयता माथि नै प्रश्न उठाइरहेका छन् । प्रदेश सरकारहरु अदलबदल भइरहेका कारण संघीगता माथि नै वितृष्णा पैदा भएको हो कि भन्ने अवस्था छ । यसलाई कसरी हेर्नु भएको छ ?
वास्तवमाप्रदेश सरकारमा मुख्यमन्त्रीसहितवाँचजनाभन्दा बढि संख्याको मन्त्रीमण्डल चाहिंदैन् । केन्द्रमाप्रधानमन्त्रीसहित २१ जनाभन्दा ठूलो मन्त्री मण्डल चाहिदैँन् ।स्थानीयतहहरुको संख्याआजजुन छ त्यसलाई पाँचसयवा साढे पाँचसयको हाराहारीमाल्याउन सकिन्छ ।संघीयता केबल राजनीतिकदलका नेताकार्यकर्ताहरुलाई जागिर खुवाउने थलो बन्यो भन्ने एउटा आरोप छ । यसले गर्दा सुशासनको पाटो कमजोर भयो भन्ने छ । अर्कोचालु खर्च बढेको छ, पुँजीगतखर्च घटिरहेको छ । पुँजीगतखर्च घटेपछि विकास निर्माणकोकामकमजोर भइसक्यो । त्यसकारण पुँजीगतखर्च बढाउनको लागिचालु खर्चलाई घटाउदैँ जानुपर्छ । त्यो गर्नेतरिका के हो भन्दाप्रतिनिधि सभाको सिट संख्या घटाउने हो । प्रदेश सभाको सिट संख्या घटाउने हो । मन्त्रीमण्डलको सदस्य संख्या घटाउने हो । आवश्यकतानभएकानियुक्तिकाक्षेत्रको संख्या घटाउने हो । यहीकाम गर्नको लागिपनिहामीलाई संविधान संशोधनहुनुपर्यो ।
अहिले काङ्ग्रेस एमालेबीच सहमतीहुँदा सात बुँदे पत्रपनि सार्वजनिकभइसकेको छ । तर कांग्रेस सभापति शेरबहादुर देउवाले सहमतीकार्यान्वयनकोग्यारेन्टी खोज्नुभएको छ । यसमातपाइँको बुझाइ के हो ?
यीप्रश्नकाबारेमा संसदमाप्रधानमन्त्रीले दिएको जवाफबाट प्रष्ट भइसकेको छ । किनभने अहिलेसम्मविगतमाभएका सहमतीहरु पनिआलोपालो भन्ने सुनेकै हो । तर यसपालीको आलोपालोमा कुनै अन्यौलतारहन्छ भन्ने लग्दैन् ।पहिलो दुई वर्ष एमालेका अध्यक्ष केपीओलीप्रधानमन्त्रीहुने त्यसपछि चुनावी सरकारको नेतृत्व नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले गर्ने स्पष्ट कुरा छ । विगतका सहमतीहरु यस रुपमाभएकाथिएनन् । यसपालीप्रतिनिधि सभामाऔपचारिक रुपमा, पहिले मिडियमार्फत सार्वजनिकनगरीकन, पत्रकार सम्मेलन नगरिकन देशको सबैभन्दा सार्वभौम सर्वोच्च निकायप्रतिनिधि सभामाप्रधानमन्त्रीले औपचारिक रुपले पढेर सुनाउनु भयो,त्यस मार्फत देशलाई जानकारी भयो ।
हिजो जसरी सहमती नेकपाएमालेका अध्यक्षप्रधानमन्त्रीले प्रतिबद्धता गर्नुभयो, त्यही रुपमा नेपाली काङ्ग्रेसका सभापतिले त्यही रोस्टममा उभिएर प्रतिबद्धता गर्नुभयो, यसप्रतिहाम्रो पूर्ण प्रतिबद्धता छ ।
संसदमाबोल्ने क्रममा केहीप्रश्नहरु व्यक्तभएबाहिर पनिविवेचनाहरु विभिन्न कोणबाट भएका छन् । यो बीचको अवधीमा सातबुदेँ सहमतीको खोजीनिकै ठूलो स्वरमा भयो । सातबुँदे सहमतीभएकै होइन, केबल भनिएको मात्रभनेर विश्लेषण गरियो । तर तिहल्लाहरुसाम्यभइसके । अहिले देशमा देखिएका समस्या, चुनौतीहरु जुनछन्त्यसको समाधान राजनीतिक रुपमै हुनुपर्छ । जनताले लडेर, बलिदानीदिएर, संघर्ष गरेर प्राप्त गरेको व्यवस्था, संविधान र भविष्यकालागिहामीले यतिबेला संवेदनशीलबन्नैपर्ने देखिन्छ ।
-नेपाल न्यूज बैंक