मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

मिसन–२०२६ खेलकुद अभियान हो : टंकलाल घिसिङ

Ujyalosandeshonline 12614+ समाचार ( )
३ चैत्र २०८१, सोमबार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदका लागि सुरु गरिएको मिसन २०२६ खेलकुदको महत्वपूर्ण अभियान भएको बताएका छन् । मिसन २०२६ को समिक्षा बैठकमा सदस्य सचिव घिसिङले एशियाली खेलकुदमा पदक ल्याउने प्रयास देशकै अभियान भएको उल्लेख गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्ले सन् २०२६ मा जापनमा आयोजना हुने २०औ एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदकका लागि सन्चालन गरेको विशेष प्रशिक्षणको समिक्षा कार्यक्रममा समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक हुने बताए । प्रशिक्षणका क्रममा हुने समस्याको समाधान तत्काल गर्न निर्देशन दिए ।

कार्यक्रमा विशेष प्रशिक्षणका प्रशिक्षकहरुले खेलाडीमा खेल क्षमता बृद्धि हुदै गएको प्रतिवेदन पेश गरेका थिए । राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्टले समिक्षा बैठकले आगामी दिनमा प्रशिणलाई थप व्यवस्थित गर्न मार्गदर्शन गर्ने उल्लेख गरे ।

हाल विशेष प्रशिक्षणमा ११ खेलका ९९ जना खेलाडी विशेष प्रशिक्षणमा छन् । ४६ जना महिला र ५३ जना पुरुष खेलाडीहरुलाई २२ जना प्रशिक्षकहरुले प्रशिक्षण दिईरहेको निर्देशक दिपक विष्टले जानकारी दिएका छन् । विशेष प्रशिक्षणमा कराते, बक्सिङ, उसु, जुडो, पुरुष÷महिला कबड्डी, महिला भलिबल, गल्फ, कुश्ती, एथलेटिक्स, तेक्वान्दो र पारा तेक्वान्दोका खेलाडीहरु विशेष प्रशिक्षणमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार