मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

सुनसरीको कर्फ्यू हटाउन बोलाइयो सर्वदलीय बैठक

Ujyalosandeshonline 12546+ समाचार ( )
२४ चैत्र २०८०, शनिबार

काठमाडौं । सुनसरीको भुटाहामा दुई पक्षबीचको झडपपछि विभिन्न स्थानमा लगाइएको कर्फ्यू हटाउनेबारे निर्णय लिन आज सर्वदलीय बैठक बस्दैछ ।  

जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू हटाउनेबारे निर्णय लिन आज बिहान साढे १० बजे बस्ने गरी सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएको सहायक प्रमुख जिल्ला अधिकारी बेद राज फुयालले जानकारी दिए ।

‘हामीले साढे दश बजेका लागि सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएका छौं । बैठकपछि कर्फ्यू हटाउनेबारे उपयुक्त निर्णय लिइने छ’ फुयालले भने । 

शुक्रबार दिउँसोे  इनरुवा नगरपालिका, हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंह र कोशी गाउँपालिका क्षेत्रमा कर्फ्यू लगाएको स्थानीय प्रशासनले अपराह्न ५ बजेदेखि ती स्थानीय तहमा कर्फ्यू अनिश्चितकालीन लगाएको हो । 

फुयालका अनुसार अहिले त्यहाँको अवस्था सामान्य रहेको छ । बिहिबार माध्यमिक शिक्षा परीक्षाको क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा एक युवकलाई कुटपिट गरेको विषयलाई लिएर दुई समूहबीच विवाद बढेको थियो । 

शुक्रबार दिनभरजसो तनावग्रस्त  बनेको सुनसरीमा अवस्था नियन्त्रणमा लिन प्रहरीले ३१ राउण्ड हवाई फायर गरेको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीतर्फ १५ जना प्रहरी र चार सशस्त्र प्रहरी तथा प्रदर्शनकारीतर्फका १० जना घाइते भएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार