मुख्य समाचार
दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल |

भारतीय हाटबजार फरेनियामा नेपालीलाई प्रवेश निषेध गरिने: सीमा सुरक्षा र स्वदेशी बजार प्रवद्र्धनमा जोड

Ujyalosandeshonline 12462+ समाचार ( )
२९ अशोज २०८२, बुधवार

भैरहवा । भैरहवास्थित भारतीय सीमा क्षेत्रमा रहेको झण्डीबजार (फरेनिया) हाटबजारमा नेपाली नागरिकको प्रवेशमा रोक लगाउने तयारी गरिएको छ। सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा भएको “खुला सिमाना तथा शान्ति सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम”मा सरोकारवालाहरूले नेपालीहरूको भारतीय बजारतर्फको बढ्दो आकर्षण र त्यसबाट सिर्जित सुरक्षा जोखिम तथा व्यापारिक असन्तुलनबारे चिन्ता व्यक्त गरेका हुन्।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टेकराज पाण्डेले सीमा सुरक्षा मजबुत पार्दै नागरिकलाई आफ्नै बजार र उत्पादनप्रति आकर्षित गर्न प्रशासन प्रतिबद्ध रहेको बताए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीप बहादुर क्षेत्रीले बुधबार दिउँसो १ बजेदेखि फरेनिया हाटबजारमा जाने सर्वसाधारणलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रोक लगाउने जानकारी दिए। सशस्त्र प्रहरी उपरीक्षक मेखराज जोशीले खुला सिमानाको दुरुपयोग रोक्न र हाटबजारको भीड नियमन गर्न सुरक्षा व्यवस्था कडा पारिने बताए।

भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले राजस्वमा असर पार्ने निकासी–पुर्ती नियन्त्रण गर्न भन्सार प्रशासन तयार रहेको बताए। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले स्वदेशी बजारको संरक्षण, स्वदेशी उत्पादनको प्रवद्र्धन र शान्ति सुरक्षाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै प्रशासनको यो निर्णय स्वागतयोग्य भएको बताए। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश अग्रवालले स्वदेशी उत्पादनमा उपभोक्ताको विश्वास जगाउनुपर्नेमा जोड दिए। यस निर्णयले स्थानीय बजारलाई सुदृढ पार्ने, स्वदेशी उत्पादनको खपत बढाउने र सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार