मुख्य समाचार
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल |

नवलपरासी–२ मा जसपाबाट ‘जेन–जी’ देबेन्द्र यादवको उम्मेदवारी, यस्तो छ प्रतिवद्धता

विवेक विश्वकर्मा 26+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

नवलपरासी । जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट नवलपरासी क्षेत्र नम्बर २ मा युवा नेता देवेन्द्र यादवले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ। राजनीतिमा नयाँ पुस्ता र युवा सहभागिताको बहस चलिरहँदा यादवले आफूलाई ‘जेन–जी’ नयाँ पुस्ताको प्रतिनिधिका रूपमा उभ्याउँदै चुनावी मैदानमा होमिनुभएको हो।

उम्मेदवारी दर्ता लगत्तै प्रतिक्रिया दिँदै यादवले अन्य प्रमुख राजनीतिक दलहरूले युवा पुस्तालाई खासै स्थान नदिएको परिप्रेक्ष्यमा जसपा नेपालले युवाहरूलाई विश्वास गरेर टिकट दिएकोमा गर्व व्यक्त गर्नुभयो। उहाँले आफूलाई केवल उम्मेदवार मात्र नभई नयाँ पुस्ताको आवाजका रूपमा प्रस्तुत गर्दै युवाहरूको भावना र माग सम्बोधन गर्न राजनीतिमा आएको बताउनुभयो। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज सेवा गर्ने लक्ष्य लिएका यादवले मधेशमा व्याप्त उत्पीडन, विभेद र समस्याहरूको समाधानका लागि आफू कटिबद्ध रहेको जिकिर गर्नुभएको छ।

आफ्नो चुनावी एजेन्डा समावेशी रहेको दाबी गर्दै उहाँले दलित समुदाय लगायत विभिन्न जातजाति र संघ–संस्थाहरूका मुद्दालाई समेटेर सबैलाई साथमा लिई अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो। पूर्वमन्त्रीहरू तथा पार्टीका वरिष्ठ नेताहरूको साथ र समर्थन रहेकाले चुनावमा विजय हासिल गरी आम जनताका सपना पूरा गर्ने दृढता समेत यादवले व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

Dinesh Yadav ७ माघ २०८२, मङ्गलबार

त्यही भएर भनिन्छ अरु को बारी को स्याउ भन्दा आफ्नो बारी को नास्पाती नै मिठो हुन्छ।यसले के बुझिन्छ किअफ्नो बारी को स्याहार सुसार गर्नु पर्छ जस्तो भए पनि आफ्नो हुन्छ ।धन्यवाद मधेशवादी पार्टी मा आउनु भएको मा देवेन्द्र जी लाई अग्रिम शुभकामना

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै