मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |

रूपन्देही सुपरलिगः उपाधिका लागि वेष्टर्न र लुम्बिनी खुकरी भिड्ने

Ujyalosandeshonline 11304+ समाचार ( )
२८ माघ २०८१, सोमबार

भैरहवा । वेष्टर्न क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्लब भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा उपाधिका लागि भिड्ने भएका छन् । वेष्टर्नले तिलोत्तमा क्रिकेट एकेडेमीलाई ३ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेपछि यी दुई टिमबीच उपाधि रक्षाका लागि प्रतिस्पर्धा हुने पक्का भएको हो । खुकुरीले सेमिफाइनलमा तिरुपति क्रिकेट क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । वेष्टर्न र खुकुरीबीच मंगलबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

जितका लागि पाएको ९६ रनको झिनो लक्ष्य वेष्टर्नले २३ ओभरमा ७ विकेटको नोक्सानीमा ९९ रन बनाउँदै पूरा गरी फाइनल प्रवेश गर्यो । उसको जितमा देव खनालले ३३, रन्जित खड्काले २२ र सन्देश थापाले अविजित १५ रनको योगदान गरे । बलिङमा तिलोत्तमाका विपिन खत्री, हरिशंकर साह र सागर भण्डारीले समान २–२ विकेट लिए ।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित ५० ओभरमा २८ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ९५ रन बनाएको थियो । उसका लागि मनिष थापाले सर्वाधिक ४७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम उपाधि होडबाट बाहिरियो । बलिङमा तिलोत्तमालाई सस्तैमा रोक्न वेष्टर्नका रन्जित कुमारले ४, देव खनालले ३, सन्देश थापाले २ तथा नरेन साउदले १ विकेट लिए । खेलमा अलराउण्ड प्रदर्शन गरेका देव खनाल प्लेयर अफ द म्याच घोषित भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार