मुख्य समाचार
बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव | दुई वर्ष माथिका ६६ मुद्दा फैसला हुन बाँकी | खुवा घोट्दै व्यवसायी | एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो | प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट | भैरहवामा ८५ जना शिक्षकलाई नयाँ मूल्याङ्कन प्रणालीसम्बन्धी प्रशिक्षण |

अमेरिकामा रहेको क्रिकेट टिमलाई राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

Ujyalosandeshonline 11899+ समाचार ( )
२२ जेठ २०८१, मङ्गलबार

काठमाडौं । आइसीसी टी–२० विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई  राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिएका छन् ।

राष्ट्रपति पौडेलले उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका हुन् । राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टिमका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् ।

राष्ट्रपति पौडेलले सम्पूर्ण नेपाली साथमा रहेको भन्दै उच्च मनोबलका साथ  मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको नीजि सचिवालयले जनाएको छ । उनले नेपालले खेल्ने खेल सम्पूर्ण नेपाली विश्वभर जहाँ भएपनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री दाहालले पनि विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिए । मंगलबार एक वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए । सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको बताए ।

आइसीसी टी–२० विश्वकपमा नेपालले गरेको प्रतिक्षाको घडि समाप्त भएको छ । नेपालले अमेरिकाको डालासमा रहेको ग्रान्डपेरी क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग टसका लागि मैदान उत्रदा १० वर्ष पछि दोस्रो पटक विश्वकपको यात्रा सुरु गर्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार