मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

गठबन्धनको एकता देखेर विरोधी अत्तालिए : प्रधानमन्त्री दाहाल

Ujyalosandeshonline 12206+ समाचार ( )
११ पौष २०८०, बुधवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले पाँचै वर्ष गठबन्धनलाई जोगाएर अझ धेरै विकासका काम गर्ने बताएका छन् ।  

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बुधबार आयोजना गरेको ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक अन्तरक्रियामा उनले एकै वर्षमा आफू नेतृत्वको सरकारले रेकर्ड नै बनाएर जनअपेक्षाअनुसार राम्रा काम गरेको दाबी गरे ।

‘मेरो एक वर्षे कार्यकालमा केही रेकर्डहरू बनेका छन् । यो सरकारले नागरिकता समस्या, मिटरब्याजीको समस्या सम्बोधन गर्दै विदेशमा रहेका नागरिकताविहीन लाखौं युवाहरूलाई नागरिकता दिने काम भएको छ । उनीहरूलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गरिएको छ । एक वर्षमा यति काम भए भने बाँकी ४ वर्षमा त झनै धेरै राम्रा काम हुनेछन् ।’

राजनीतिक दलहरु बीचको एकता र सहकार्यले देशमा स्थायित्व ल्याएको दाहालको भनाइ छ । यसलाई बलियो बनाएर लैजाने प्रतिबद्धता दाहालको छ । 

‘यो गठबन्धनलाई कसरी तोड्ने होला ? यो परिवर्तनलाई कसरी उल्ट्याउने भनेर लागिपरेका छन् । जनतालाई नकारात्मक कुरा मात्र देखाएर भड्काउने काम भएको छ,’ उनले भने, ‘गठबन्धन झनै बलियो भएको छ । हाम्रो एकता देखेर विरोधीहरू अत्तालिएको अवस्था छ । यो गठबन्धन पाँच वर्ष जान्छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार