मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सिद्धार्थनगरमा शैक्षिक गुणस्तर सुधारका लागि कार्यदल गठन

Ujyalosandeshonline 11005+ समाचार ( )
९ चैत्र २०८०, शुक्रबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको विधालय शैक्षिक गुणस्तर सुधारको लागि विधालय शिक्षा अध्ययन कार्यदल गठन भएको छ । नगरपालिकामा रहेका विधालयहरुको शैक्षिक सुधारका लागि आवश्यक शैक्षिक नीति र योजना बनाउन नगरले कार्यदल गठन गरेको हो ।

नगर शिक्षा समितिको बैठकले डा. शम्भु गुप्ताको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको हो । जसको सदस्यसचिवमा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख चेतनशील लम्साल, सदस्यहरुमा डा. त्रिभुवन बरई, वनमाली निराकार, डिल्लीराज भट्टराई, विजय सागर श्रेष्ठ, दिनेश मिश्र, पिताम्बर तिवारी, मकबुल अहमद खान र रुपकुमार क्षत्री रहेका छन् ।

नगरको सम्रग शैक्षिक सुधारका लागि कार्यदल गठन गरिएको सिद्धार्थनगरका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष इश्तियाक अहमद खाँले जानकारी दिए ।

‘गठित कार्यदलले नगरमा शैक्षिक सुधारका लागि आवश्यक कार्ययोजना सहितको प्रतिवेदन शिक्षा समितिलाई बुझाउनेछ’ उनले भने, ‘त्यसले नगरको शिक्षाको वर्तमान अवस्था थाहा भई नगरपालिकाले सुधारका लागि आवश्यक शैक्षिक नीति तथा योजना बनाएर अघि बढ्छ ।’

कार्यदलले नगरको १३ वटै वडामा रहेका सामुदायिक, संस्थागत, धार्मिक विधालय, अभिभावक र शिक्षासँग सरोकार राख्ने व्यक्तित्वहरुसँग छलफल तथा अध्ययन गरेर काम अघि बढाउने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।

उनले कार्यदलको सिफारिसले शैक्षिक व्यवस्थापनमा महत्वपूणर् योगदान हुने उल्लेख गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार