मुख्य समाचार
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल |

नागरिकलाई दुःख दिएर पैसा कमाउने मानसिकता त्याग्न डीआईजी खत्रीको कडा निर्देशन

Ujyalosandeshonline 12338+ समाचार ( )
१२ माघ २०८२, आइतबार

भैरहवा । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीले आम नागरिकलाई दुःख दिएर पैसा कमाउने मानसिकता तत्काल त्याग्न मातहतका प्रहरी कर्मचारीहरूलाई कडा निर्देशन दिनुभएको छ । ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा लुम्बिनी प्रेस क्लबद्वारा भैरहवामा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले प्रहरी संगठन खुला किताबजस्तै पारदर्शी हुनुपर्ने र गलत प्रवृत्ति आजैदेखि अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्थानीय व्यवसायीहरूले खुला सीमानाका कारण फस्टाएको अवैध कारोबार र चोरी पैठारीले स्वदेशी बजार सुकेको गुनासो गरेपछि डीआईजी खत्रीले यसलाई गम्भीरतापूर्वक लिएको बताउनुभयो। भैरहवालाई देशकै महत्त्वपूर्ण आर्थिक केन्द्र मान्दै उहाँले कुनै पनि प्रहरीले प्रलोभनमा परी तस्करी वा राजस्व चुहावटमा मिलेमतो गरेमा त्यो सह्य नहुने चेतावनी दिनुभयो । उहाँले प्रशासनको पनि केही सीमा भए तापनि आफ्नो भूमिकामा खरो उत्रिने र अवैध गतिविधि रोक्न प्रतिबद्ध रहेको आश्वासन दिनुभयो ।

प्रहरी कार्यालयमा न्याय नपाएर भौँतारिने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै उहाँले कुनै पनि गुनासो वा अनियमितता देखिएमा सिधै सम्पर्क गर्न आफ्नो निजी मोबाइल नम्बरसमेत सार्वजनिक गर्नुभयो। पैसा कमाउने उद्देश्यले नागरिक र व्यवसायीलाई दुःख नदिन निर्देशन दिँदै उहाँले सुरक्षा व्यवस्था थप मजबुत बनाउने र संगठनलाई पूर्ण रूपमा पारदर्शी बनाउने विश्वास दिलाउनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार