मुख्य समाचार
साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक |

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

Ujyalosandeshonline 12674+ समाचार ( )
२३ असार २०८२, सोमबार

विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण गर्ने अग्रणी कम्पनी टिभिएसले जुपिटर ११० लन्च गरेको छ । जगदम्बा मोटर्स नेपालको संयोजकत्वमा स्कूटर लन्च भएको हो । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच विश्वव्यापी रूपमा दुई–दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण गर्ने अग्रणी कम्पनीले टिभिएस जुपिटर ११० सार्वजनिक गरेको हो । स्कूटरको सुरुवाती मूल्य २ लाख ५७ हजार ९०० राखिएको छ । 

यो स्कुटर अत्याधुनिक इन्जिन र आफ्नो सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका नवीनतम प्रविधिहरूले सुसज्जित छ । जुपिटर ११० ले एक स्कुटर मात्र होइन, शैली, माइलेज, प्रदर्शन, आराम, सुविधा, सुरक्षा र प्रविधिको सन्तुलनको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ । 

जुपिटर विश्वभरी ७० लाखभन्दा बढी प्रयोगकर्ताहरूको विश्वास जित्दै, उनीहरूको विविध आवश्यकताहरू पूरा गर्दै आएको छ । १५ वटा सेग्मेन्टमै पहिलो र १४ वटा उत्कृष्ट विशेषताहरूसहितको यो नयाँ टेक–फ्रेंड्ली जुपिटर ११० नेपालका उपभोक्ताहरूका बदलिँदो रोजाइअनुसार तयार गरिएको यो ।

टिभिएस जुपिटरलाई अधिकतम आराम र सुविधा सुनिश्चित गर्दै सावधानीपूर्वक डिजाइन गरिएको छ । यसमा फराकिलो ग्लोभ बक्स, अगाडिको फ्युल फिल, लामो सिट, एकै ठाउँबाट खोल्न मिल्ने लक, मोबाइल चार्जर समावेश छन् ।

ठूला १२ इन्चका पाङ्ग्रा र उचित व्हीलबेससँग मिलेर, नयाँ टिभिएस जुपिटर ११० ले साँघुरो ट्राफिकमा पनि निकै सहज र धेरै कम गतिमा पनि सन्तुलित यात्रा प्रदान गर्दछ ।

जगदम्बा मोटर्स नेपालमा दुई पांग्रे र व्यावसायिक सवारीसाधनको प्रमुख वितरक तथा सेवा प्रदायक कम्पनी हो । सोही कम्पनीका साहिल अग्रवाल र अखिल गुप्ताले स्कूटरको उदघाटन गरेका हुन् ।जगदम्बा मोटर्सले लामो समयदेखि नेपाली बजारमा विश्वस्तरीय मोबिलिटी उत्पादनहरू ल्याउँदै आएको छ । 

टिभिएस मोटर कम्पनी लगायतका प्रतिष्ठित विश्वव्यापी ब्रान्डहरूको आधिकारिक डिलरको रूपमा, जगदम्बाले नेपालभरि रहेका डिलरशिप नेटवर्कमार्फत उत्कृष्ट बिक्री, बिक्रीपछिको सेवा र वास्तविक स्पेयर पाट्र्स उपलब्ध गराउँदै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार