मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

बाजुरामा ‘विकास कचहरी’ : तीन दिनसम्म विकास र समृद्धिमा बहस

Ujyalosandeshonline 11768+ समाचार ( )
२७ वैशाख २०८२, शनिबार

बाजुरा । ‘बाजुराको बुढीगंगा नगरपालिकाले ‘समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी’ भन्ने नारासहित तीन दिने विकास बहसको कार्यक्रम गर्न लागेको छ । बैशाख २७ देखि २९ गतेसम्म नगरपालिकाको केन्द्रमा आयोजना हुने कार्यक्रममा राजनीतिक दलहरूबीचको सहकार्य, स्थानीय तहको समृद्धि र दिगो विकासका विषयमा व्यापक बहस गरिनेछ ।

नगर प्रमुख रामबहादुर बानियाँले नेपाल न्यूज बैंकसँग कुरा गर्दै यो कार्यक्रम बुढीगंगाको समृद्धि र विकासका लागि नयाँ अभ्यासको रूपमा सुरु गरिएको बताए । प्रमुख बानियाँले भने, ‘बाजुरामा समस्या मात्रै छैन, सम्भावना पनि उत्तिकै छ, विभेद र विवाद मात्र होइन, एकता र अपनत्व पनि छ । संकट मात्रै होइन, अवसरहरू पनि प्रशस्त छन् — यही यथार्थ उजागर गर्न कार्यक्रम आयोजना गरिएको हो ।’

कार्यक्रमको उद्देश्य जिल्लाका सबै राजनीतिक दल र सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याएर साझा दृष्टिकोण विकास गर्नु हो । तीन दिनसम्म चल्ने कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा सुरक्षित पूर्वाधार जस्ता पाँच मुख्य क्षेत्रका सम्भावना र चुनौतीबारे गहिरो बहस गरिने जनाइएको छ ।

कार्यक्रमको पहिलो दिन पालिकाबाट ६ वटा विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । प्रस्तुत विषयहरूमा क्षेत्रगत विज्ञ, बुद्धिजीवी र सरोकारवालाहरूले विश्लेषण र छलफल गर्नेछन् । दोस्रो दिन पालिकामा निर्माण सम्पन्न संरचनाहरूको उद्घाटन गरिनेछ ।

तेस्रो दिन कार्यपालिका भवनको उद्घाटनसँगै, बहसका क्रममा आएका सुझाव र टिप्पणीहरूलाई संकलन गरी घोषणापत्र तयार पारिने र त्यसको पुनः लेखन गरिनेछ । पालिका उपप्रमुख माया खड्का कुवँरले प्रमुख राजनीतिक दलका सांसद, पूर्व मन्त्री, प्रदेश सभा सदस्य, बुद्धिजीवी, समाजसेवी, पत्रकार, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू सहभागी हुने जानकारी दिइन् ।

कार्यक्रममा पूर्व प्रदेश प्रमुख देवराज जोशी, पूर्व मन्त्री कर्णबहादुर थापा, पूर्व सांसद लालबहादुर थापा, संविधान सभा सदस्य पेम्वा गुरुङ भोटे, प्रदेशसभा सदस्य पदम शाही लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ । स्थानीय तहको विकासका प्राथमिकता, आवश्यकता र समस्यालाई पहिचान गरी त्यसको यथार्थमा आधारित समाधानको खोजी गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम बाजुरामा विकास र समृद्धिको साझा एजेन्डा निर्माणतर्फको महत्वपूर्ण कदमको रूपमा हेरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार