मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रन फर जनकपुर च्याम्पियनशिप दौड प्रतियोगिता सम्पन्न

Ujyalosandeshonline 11005+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

जनकपुर । जनकपुरधाममा रन फर जनकपुर च्याम्पियनशिप दौड प्रतियोगिता सम्पन्न भएको छ ।अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर जनकपुरधामको मदर टेरेसमा पब्लिक स्कुलले आयोजना गरेको सो प्रतियोगितामा ३ सय ५०भन्दा बढीको सहभागिता रहेको थियो । 

प्रतियोगितामा नागेश्वर यादवले प्रथम स्थान प्राप्त गरे भने, मिनमार सिंह तामाङ द्वितिय र धनु मानन्धरले तृतिय स्थान हाशिल गरे । प्रथम हाशिल गर्नेलाई २१ हजार, दोस्रो स्थान हाशिल गर्नेलाई १५ हजार र तेस्रो स्थान हासिल गर्नेलाई ११ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिएको विद्यालयका निर्देशक अभिषेक कुमार चौधरीले जानकारी दिए ।

भानु चोकबाट सुरु भएको सो दौड कदम चोक, विद्यापति चोक, जीरोमाइल, रामानन्द चोक, हस्पिटल रोड, जानकी चोक, जनक चोक, शिव चोक हुँदै पुनः भानु चोकमा पुगेर समापन भएको थियो । पुरस्कार वितरण मधेसका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले गरेका थिए । कार्यक्रममा मन्त्री जयसवालले खेलकुद क्षेत्रको विकासकालागि प्रदेश सरकार कटिवद्ध रहेको प्रतिवद्धता व्यक्त गरे । 

मन्त्री जयसवालले खेलकुद ऐन बनिसकेको अवस्थामा अब खेलकुदका गतिविधिलाई द्रुत गतिमा अगाडी बढाउन कुनै समस्या नहुने बताए । पछिल्लो समय मधेसका युवाहरु खेलकुदप्रति चासो बढ्दै जानु खुशीको विषय रहेको बताउँदै यसलाई व्यवस्थित रुपमा विकास गर्न आफू तयार रहेको बताए । 

कार्यक्रममा सहभागी मधेसका प्रदेशसभा सदस्य रामअशिष यादवले मदर टेरेसा स्कुलले पर्यावरण संरक्षण र महिला सुरक्षाको सन्देश दिने अभिप्रायले यस्तो प्रतियोगिताको आयोजना गरेकोमा खुशी व्यक्त गरे । उनले स्वस्थ जीवनका लागि जसरी पर्यावरण संरक्षण आवश्यक हुन्छ ठीक त्यस्तै समृद्ध समाजकालागि महिलाको सम्मान समेत उतिकै आवश्यक रहको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार