मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

देशको समृद्धि, सीमा क्षेत्रको सुरक्षा र नागरिक सचेतनामा मिडियाको भूमिका अत्यन्तै महत्वपूर्णः मन्त्री यादव

Ujyalosandeshonline 12437+ समाचार ( )
१४ भाद्र २०८२, शनिबार

वीरगंज । खानेपानीमन्त्री प्रदीप यादवले देशको समृद्धि, सीमा क्षेत्रको सुरक्षा र नागरिक सचेतनामा मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् । शनिबार वीरगञ्जमा आयोजित नेपाल–भारत सीमापार मिडिया सम्मेलन २०२५ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाल–भारत सीमा क्षेत्रमा क्रियाशील मिडियाकर्मीकै माध्यमबाट नागरिकहरू आफ्नो हक–अधिकार र सीमाबारे जानकार रहँदै आएको बताए । 

उनले भने, ‘सीमा क्षेत्रमा क्रियाशील मिडियाकर्मीलाई विभिन्न समस्या, चुनौती छन् ।  तथापी देशको समृद्धि, सीमा क्षेत्रको सुरक्षा र नागरिक सचेतनामा उहाँहरुको भूमिका अत्यन्तै महत्वपूर्ण छ ।’ यसैगरी मन्त्री यादवले नेपाल–भारत सीमापार मिडियाबाट प्रवाह हुने सकारात्मक समाचार र सन्देशहरूले दुबै देशका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई आपसी समझदारी र सहकार्यमा निकै सहजता प्रदान गरेको विश्वास व्यक्त गरे । 

‘सीमापार मिडियाबाट प्रवाह हुने सकारात्मक समाचार र सन्देशहरूले दुबै देशका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सहजता प्रदान गरेको छ । यो आफैमा निकै खुशीको विषय पनि हो,’उनले भने । मन्त्री यादवले नेपाल–भारत सीमापार मिडिया सम्मेलन २०२५ को सफलताको शुभकामना व्यक्त गर्दै यस सम्मेलनले आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार