मुख्य समाचार
यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव | जुम्लामा २२९ मुद्दा फछ्र्योट | मर्चवारीदेवी मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउन पहल | सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित | ‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’ | दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर | लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी | संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा | पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन |

गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ठूला उद्योग स्थापनाको संभावना छ : मुख्यमन्त्री

Ujyalosandeshonline 12516+ समाचार ( )
२८ श्रावण २०८२, मङ्गलबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरीस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् । मंगलबार निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले औद्योगिक क्षेत्रमा रहेको ढल निकास, खानेपानीलगायतका आधारभूत पूर्वाधारका समस्या समाधानका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । साथै उनले आवश्यक सुरक्षाकर्मीको व्यवस्था गर्नसमेत पहल भइरहेको बताए ।

मुख्यमन्त्री सिंहले गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ठूला उद्योग स्थापनाको प्रचुर सम्भावना रहेको बताए । ‘ठूला उद्योग स्थापना भए रोजगारीका अवसर सिर्जना हुनुका साथै राजस्व संकलनमा वृद्धि भई स्थानीय, प्रदेश तथा राष्ट्रिय आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्नेछ,’ उनले भने ।

मधेश प्रदेश सरकार औद्योगिक क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध रहेको र उद्योगपतिहरूलाई यस क्षेत्रमा लगानी गर्न निरन्तर आग्रह गरिरहेको मुख्यमन्त्री सिंहले स्पष्ट पारे । वि.सं. २०४४ सालमा स्थापना भएको यो औद्योगिक क्षेत्रमा विभिन्न समस्याहरूका बाबजुद हाल १२ वटा उद्योग सञ्चालनमा रहेको छ भने थप १० वटा प्लट नयाँ उद्योग स्थापनाको प्रतिक्षामा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार