मुख्य समाचार
सुकुम्बासी मुसहर परिवारलाई घर हस्तान्तरण | साङ्गठानिक सुदृढीकरणलाई प्राथमिकतामा राख्न प्रहरी महानिरीक्षकको निर्देशन | मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछन् वर्षहरू | दलित पत्रकार सङ्घको अध्यक्षमा बराइली | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक | झुपडीबाट पक्की घरमाः फेरिँदै लहानको मुसहर बस्ती | आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘पहिला घरदेशः अनि परदेश’ र ‘लेक टू लेक’ कार्यक्रम | सत्तरी वर्षमा नागरिकता ! | वित्तीय अपराध नियन्त्रणमा सबैको निकायको सहकार्य आवश्यक | गण्डकी सरकारको नीति तथा कार्यक्रम : धार्मिक पर्यटन परिपथ विकास गरिने |

किराँत समुदायले उभौली पर्व मनाउँदै

Ujyalosandeshonline 11445+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

काठमाडौं । आज किराँत समुदायले उभौली पर्व मनाउँदै छन् । किराँत धर्मावलम्बी राई, लिम्बु लगायत जातजातिहरूले उभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् । 

किराँत समुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ । 

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्राएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । बैशाख पूर्णिमा पछि गर्मी बढ्दै जाने र बेँसीमा रहेका यो समुदायका मानिस लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ भने किराँत समुदायका भिन्न भिन्न सम्प्रदायका मानिसले साकेला नाच नाच्दछन् ।

किराँत समुदायमा पनि एकथरीले उभौली पर्व माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने साउन १ गते मनाउँछन् । पर्वको अवसर पारेर आज ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा किराँत समुदायका मानिस जम्मा भई विधिपूर्वक पूजा आराधना गर्ने गर्दछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार