मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

अनुदान नदिए किसानलाई बजार प्रतिस्पर्धा कठिन

Ujyalosandeshonline 12437+ समाचार ( )
२५ पौष २०८०, बुधवार

विराटनगर । कृषि उपजमा उत्पादनमा कृषकलाई पूर्णरूपमा अनुदान व्यवस्था नभएसम्म नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने सरोकारवालाले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा तरकारी उत्पादक र व्यवसायीहरूबीच व्यापारिक सम्बन्ध स्थापनाका लागि बुधबार भएको छलफलका सहभागीले कृषकलाई अनुदान दिनुपर्नेमा जोड दिएका हुन् ।

मोरङको बुढीगंगा, मुडेरीमा सम्पन्न कार्यक्रममा तेजस्वी कृषि तथा च्याउ उद्योग सञ्चालक दीनेश सापकोटाले कृषि उपजमा उत्पादनमा कृषकलाई पूर्णरूपमा अनुदान व्यवस्था नभएसम्म नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने बताए । 

कृषकहरूले अझै पनि बिउ, मलखाददेखि बजारीकरणमा समेत समस्या भोगिरहेको भन्दै उनले कृषि क्षेत्रको विकासका लागि वास्तविक कृषकको क्षमता विकासमा जोड दिनुपर्ने बताए । 

तरकारी व्यवसायी राजेश यादवले तरकारीको मूल्य शृंखलामा कृषकहरुले बजारको मागअनुसार आपूर्ति गर्न नसकेको र गुणस्तरमा समेत समस्या रहेको बताए ।

कृषक विश्व पराजुलीले कृषि फार्मको अवधारणासहित नवीनतम सोचले यस क्षेत्रमा जोडिन चाहने युवाहरूको लागि राज्यले खेतीयोग्य जग्गा उपलब्धताको लागि लागि सहजीकरण गरिदिनु पर्ने बताए ।

आलु काउली उत्पादन गरेर विराटनगरका हटिया बजारमा बिक्री वितरण गर्दै आइरहेको बताएकी स्थानीय सुशीला चौधरीले आयातित तरकारीले गर्दा नेपाली किसानले उचित मूल्य पाउन नसकेको भनाइ राखिन् । 

महासंघ कोशी प्रदेशका प्रशासकीय अधिकृत संजोग शिवाकोटीले कृषि क्षेत्रको व्यवसायीकरणको लागि महासंघले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार