प्रधानमन्त्री कप क्रिकेट :
सुदूरलाई १६१ रनको लक्ष्य, आर्मीले पायो १४२ रनको लक्ष्य

Ujyalosandeshonline 11140+ समाचार ( )
३ चैत्र २०८१, सोमबार

भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूर पश्चिमलाई १६१ रनको लक्ष्य दिएको छ । भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा पुलिसले निर्धारित ५० ओभर खेल्न सकेन । उसले ४७ ओभरमै सबै विकेट गुमाउदै १६० रन मात्र बनाउन सक्यो । 

स्टार ब्याट्सम्यानहरुले भरिएको पुलिसले टस जितेर ब्याटिङ रोजेको थियो । ओपनरहरुलाई सुरुमै गुमाएपछि पुलिस त्यसपछि भने सम्हालिन सकेन । ठूलो स्कोर बनिरहेको सिद्धार्थ क्रिकेट रङ्गशालामा पुलिसले झिनो स्कोर बनाएका छ । पुलिसका लागि सबैभन्दा धेरै ४२ रन कप्तान दिपेन्द्र सिंह ऐरीले बनाए । उनले ४७ बलको सामना गर्दै ५ चौकाको सहयोगमा ४२ रन बनाए । यस्तै आरिफ शेखले ६४ बल खेल्दै ५ चौका र १ छक्काको सहयोगमा ४० रन बनाए । पुलिसका लागि दिलिपनाथ १९ रन र अमित श्रेष्ठले १८ रन बनाए  । अन्तिम विकेटको रुपमा सागर ढकालले महत्वपूर्ण २२ रन जोडे ।

बलिङमा सुदूरपश्चिमका सूर्य श्रेष्ठले आफ्नो १० ओभरको स्पेलमा १ मेडेन सहित ४३ रन खर्चिएर ४ विकेट लिए । यसै गरि भोजराज भट्टले ३ विकेट र शेर मल्लले २ विकेट लिदा हेमन्त धामीको नाममा १ विकेट रह्यो । 

प्रतियोगितामा ४ खेल खेलेको पुलिस ४ वटैमा जित निकाल्दै खेलको अंकतालिकामा ८ अंक सहित शिर्ष स्थानमा रहेको छ भने ४ खेल नै खेलेको सुदूर १ मा जित र ३ खेलमा पराजय सहित २ अंक लिएर प्रतियोगिताको अंक तालिकाको पुछारमा रहेको छ ।

शसस्त्र प्रहरीद्वारा आर्मीलाई १४२ रनको लक्ष्य 

जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरी बल क्लबले त्रिभुवन आर्मी क्लबलाई १४२ रनको लक्ष्य दिएको छ । रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको शसस्त्रले ४२.३ ओभरमा सबै विकेट गुमाएर १४१ रन बनाएको छ । 

शसस्त्रको लागि सन्दिप जोराले अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यानहरुले खासै राम्रो गर्न सकेनन् । सन्दिपले ९१ बलमा ९ चौका प्रहार गर्दै ६५ रन बनाए । यस्तै अमर रौटेला, भुवन कार्की र किशोर महतोले समान ११/११ रन बनाउदा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक समेत जोड्न सकेनन् । 

बलिङमा त्रिभुवन आर्मी क्लबका आकाश चन्दले १० ओभरमा ३५ रन मात्र खर्च गरि महत्वपूर्ण ४ विकेट र सोमपाल कामीले १० ओभरमा ३४ रन दिदै ३ विकेट लिए । यसै गरि साहब आलमले २ विकेट र बसीर अहमदले १ विकेट लिए । 

प्रतियोगितामा ४ खेल खेलेको शसस्त्र ३ मा जित र १ हार सहित ६ अंक लिएर अंक तालिकामा तेश्रो स्थानमा रहेको छ भने ४ खेल खेलेको आर्मी ४ वटैमा जितका साथ ८ अंक लिएर अंकतालिकामा दोश्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार