मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

जनकपुरधाममा मनाइयो रामानन्दाचार्यको जन्मोत्सव

Ujyalosandeshonline 12548+ समाचार ( )
८ माघ २०८१, मङ्गलबार

जनकपुर । जनकपुरधाममा  वैष्णव सनातन धर्म प्रवर्तक आचार्य सम्राट आनन्द भाष्कर जगद्गुरु स्वामी  श्री रामानन्दाचार्यजीको जन्मोत्सव मनाइएको छ । रामानन्दीय वैष्णव संघ परिवारको आयोजनामा जनकपुरधाम स्थित तुलसी स्मारक परिसरमा जगदगुरु रामानन्दाचार्यको जन्मोत्सव मनाइएको हो । 

रामानन्दाचार्यको जन्मोत्सव भक्तमाल कथा, मंगल गान र शोभा यात्रा सहितका कार्यक्रमको आयोजना गरिएको श्रीरामानन्दीय वैष्णव संघका अध्यक्ष रामरोशन दास वैष्णवले जानकारी दिए । त्यस्तै मंगल बधाईगान र प्रसाद वितरण गरी जन्मोत्सव समापन गरिएको वैष्णवले बताए । सो जन्मोत्सव हेर्न हजारौं श्रद्धालु भक्तजन तथा साधु सन्तहरुको सहभागिता रहेको थियो ।

जगदगुरु रामानन्दाचार्य हिन्दु सम्प्रदायलाई एक गर्न तथा हिन्दु धर्मको प्रचार प्रसारमा अतुलनीय योगदान पुर्याएकाले सन्त समुदाय उनको जन्मोत्सव प्रत्येक वर्ष श्रद्धापूर्वक मनाउँदै आएका छन् । उनकै स्मृतिमा जनकपुरधामको रामानन्द चोकमा प्रवेशद्वार समेत निर्माण गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार