फरार दुई कैदी सिराहामा पक्राउ

Ujyalosandeshonline 12201+ समाचार ( )
२९ भाद्र २०८२, आइतबार

सिराहा । जेनजी आन्दोलनका क्रममा नखु कारागार र कारागार कार्यालय जलधरेश्वर महोत्सवबाट फरार भएका दुई जना कैदीलाई सिराहा प्रहरीले पक्राउ गरेको छ। प्रहरी नायब उपरीक्षक (डिएसपी) बिरेन्द्र कुमार पासवानको नेतृत्वमा खटिएको टोलीले ती फरार कैदीहरूलाई अन्य जिल्ला हुँदै सिराहा आएको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।

पक्राउ पर्नेहरुमा रामसेवक यादव (५१ वर्ष) ,सिराहा नगरपालिका–४,रघुनाथपुर बस्ने, बैंकिङ कसुर मुद्दा,गोपाल साह (२८ वर्ष) भारत, मधुबनी जिल्ला,झँझरपुर बस्ने, व्यावसायिक उद्योगसम्बन्धी मुद्दा रहेका छन् । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार