मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

भैरहवामा गुडिरहेको मोटरसाइकलबाट युवकलाई लतारेर अपहरण र ज्यान मार्ने प्रयास, एक जना पक्राउ

Ujyalosandeshonline 11768+ समाचार ( )
सांकेतिक तस्वीर : एआई
१७ जेठ २०८३, आइतबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एक युवकलाई गुडिरहेको मोटरसाइकलबाट कपडा समातेर भुइँमा लतार्दै अपहरण र ज्यान मार्ने प्रयास गरिएको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । गत जेठ १० गते दिउँसो अन्दाजी ४:०० बजेको समयमा सिद्धार्थनगर नगरपालिका वडा नं. ४ स्थित दोगहरा लुम्बिनी रोडमा उक्त बीभत्स घटना घटेको हो ।

भैरहवा-लुम्बिनी सडक खण्ड अन्तर्गत एयरपोर्ट अगाडिको बाटोमा गुडिरहेको मोटरसाइकलमा सवार दुई जना व्यक्तिले कोटहीमाई गाउँपालिका वडा नं. ३ बस्ने १९ वर्षीय इन्द्रकेश यादवको कपडा समातेर सडकमै घिसार्दै लगेका थिए । उक्त घटनाको सीसीटीभी (CCTV) फुटेज बाहिरिएपछि प्रहरीले घटनाबारे थाहा पाएको थियो । सडकमै मानिस लतारेको फुटेज सहितको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेथरी, प्रहरी चौकी रमवापुर र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्रहरी निरीक्षकको कमाण्डमा विशेष टोली तत्कालै परिचालन गरिएको थियो । प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान तथा खोजतलास तीव्र पारेपछि घटनाको भोलिपल्ट अर्थात् जेठ ११ गते संलग्न मध्येका एक जनालाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ६ बस्ने २० वर्षीय अभिषेक पासी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरका अनुसार पासीलाई नियन्त्रणमा लिई 'अपहरण तथा ज्यान मार्ने उद्योग' मुद्दा शीर्षकमा रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ । घटनामा अभिषेक पासीसँगै अन्य व्यक्तिहरूको पनि संलग्नता रहेको र उनीहरू हाल फरार रहेकाले खोजी कार्य तथा थप अनुसन्धान तीव्र रूपमा भइरहेको प्रहरी निरीक्षक कुँवरले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार