मुख्य समाचार
एरिका र दीपेन्द्र ‘हाम्रो खेलकुद’ वर्ष खेलाडी | भन्सार छलीका समानसहित एक जना पक्राउ | भूमिहिन र सुकुमवासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध | रेसुंगा माविमा 'नमुना संघीय संसद': विद्यार्थीले गरे वास्तविक संसद्कै शैलीमा अभ्यास | ग्यासको अभाव छैन : निगम | मृतक मेहताका परिवारसँगको संवाद सकारात्मक, शव परीक्षणका लागि तयार | नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर | प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी | सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन | दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउनुहुने |

राष्ट्रिय टी–२० क्रिकेटः कोशी र मधेश प्रदेश भिड्दै

Ujyalosandeshonline 11917+ समाचार ( )
२४ फाल्गुन २०८०, बिहीबार

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज कोशी र मधेश प्रदेश टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

आजै हुने अर्को खेलमा लुम्बिनी र गण्डकीले प्रतिस्पर्धा गर्ने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

खेल बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा दिउँसो २ बजे सुरु हुँनेछ ।

यसअघि हिजो भएको खेलमा लुम्बिनी र कर्णाली प्रदेश विजयी भएका थिए ।

लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गरेको थियो ।

यसैगरी, दोस्रो खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई ३ विकेट पराजित गरेको थियो ।

प्रतियोगिता अन्तर्गतका खेलहरु लिग कम नकआउटको आधारमा भइरहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५ लाख रुपैयाँसहित ट्रफी तथा उपविजेता टिमले ३ लाख र ट्रफी प्राप्त गर्नेछ ।

चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली गरी १० टिम सहभागी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार