मुख्य समाचार
सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा | निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न | भाषणमा ‘समृद्धि’, व्यवहारमा ‘सास्ती’ : रोहिणीका विद्यार्थीलाई नयाँ भवन ‘आकाशको फल’ | “भवन बनेर पनि प्रयोग गर्न नपाउँदा एउटै कोठामा दुई कक्षाका विद्यार्थी खाँदिएर पढ्न बाध्य छन् ” | विशेष महाधिवेशन : मतदान बिहीबार बिहान २ देखि ५ बजेसम्म | रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति | पहिचानवादी शक्तिहरू एक ठाउँमा: रुपन्देहीमा तीन दल एउटै चुनाव चिन्हबाट लड्ने | पवनकुमार सेठिया स्मृति क्रिकेट: आर्मीलाई हराउँदै रुपन्देही–११ ले जित्यो टी–ट्वान्टी सिरिज | खेलकुद क्षेत्रका चुनौती सम्बोध गर्न ‘पेसएक्स स्पोटर्स’ | गुल्मीको रिडीमा माघे सङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी पूरा |

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

Ujyalosandeshonline 10071+ समाचार ( )
१८ मंगशिर २०८२, बिहीबार

भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु छ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको  पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टि«तेल आयात गरिएको हो ।   

मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागार्इंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा रु ११ करोड ९२ लाख ५४ हजार अर्थात् दुई दशमलव ०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व दुई दशमलव ९० प्रतिशत अर्थात् रु आठ करोड ४१ लाख २२ हजारले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिनुभयो । 

चालु आवको चार महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु दुई अर्ब ९६ करोड ८१ लाख ४५ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु तीन अर्ब १० करोड ५४ लाख मूल्य पर्ने ३५ हजार १५६ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी रु एक अर्ब ७४ करोड ६८ लाख मूल्य पर्ने १८ हजार ४०८ किलोलिटर डिजेल आयात भएको छ ।

यस्तै, उक्त चार महिनाको अवधिमा रु ८२ करोड ६३ लाख मूल्य पर्ने आठ हजार ५५७ मेट्रिक टन एलपी ग्यास, रु २६ करोड ३३ लाख मूल्य पर्ने दुई हजार ९०८ किलोलिटर एटिएफ र रु चार करोड ६१ लाख मूल्य पर्ने ५०८ किलोलिटर मट्टितेल आयात भएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार