मुख्य समाचार
सीमा क्षेत्रको सुरक्षा व्यवस्था कसिलो बनाउन नेपाल र भारतका सुरक्षा अधिकारीबीच सहमति | रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते | नवलपरासीमा बगरलाई कृषि पर्यटन क्षेत्र बनाउँदै युवा देवेन्द्र चौधरी | प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका लागि नेपाल र भारतमा तीव्र गृहकार्य | ओमसतियामा बजार अनुगमन तीव्र: कुहिएको मासु बेच्नेलाई ७ दिने अल्टिमेटम, नियम मिचे कडा कारबाही हुने | लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय | मर्चवारमा महिलाको हत्या र सुन लुटपाटमा संलग्न चार जना पक्राउ | ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग |

नवलपरासीमा बगरलाई कृषि पर्यटन क्षेत्र बनाउँदै युवा देवेन्द्र चौधरी

Ujyalosandeshonline 12624+ समाचार ( )
१९ कार्तिक २०८३, बुधवार

नवलपरासी । रामग्राम नगरपालिका–१८ डिघवलस्थित तुरिया खोलाको वर्षौंदेखि बाँझो र बगरका रूपमा रहेको जमिनलाई हरियाली, कृषि उत्पादन र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानमा स्थानीय युवा देवेन्द्र चौधरी जुट्नुभएको छ। उहाँले कृषि र पर्यटनलाई जोड्ने उद्देश्यका साथ ‘कोलिय एग्रो टुरिज्म पार्क’ सञ्चालनको पहल गर्नुभएको हो।

चौधरीले सुरुमा प्रयोगविहीन अवस्थामा रहेको विद्यालयको जग्गा भाडामा लिएर फूल तथा तरकारी खेती सुरु गर्नुभएको थियो। हाल उहाँले प्रति कट्ठा एक हजार रुपियाँ भाडा तिर्ने गरी तुरिया खोला किनारको करिब २० बिघा बगर क्षेत्रलाई खेतीयोग्य बनाउने अभियान अघि बढाउनुभएको छ। वातावरण संरक्षण र पार्कको सौन्दर्य अभिवृद्धिका लागि परिसरमा वृक्षारोपणसमेत गरिएको छ।

यस अभियानमा लुम्बिनी प्रदेश सरकारबाट केही सहयोग प्राप्त भए पनि बगरलाई पूर्ण रूपमा रूपान्तरण गर्न माटो व्यवस्थापन, सिँचाइ र पूर्वाधार निर्माणका लागि थप सहयोग आवश्यक रहेको चौधरीले बताउनुभयो। स्थानीय उद्यमी नरेश जैसवालले युवा चौधरीको यो प्रयासले बाँझो जमिनको सदुपयोग, वातावरणीय सुधार र कोलिय इतिहासको संरक्षणमा टेवा पुग्ने भन्दै तीनै तहका सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार