मुख्य समाचार
आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए |

भैरहवा विमानस्थलबाट भारत भ्रमणमा जान प्रधानमन्त्रीलाई आग्रह

Ujyalosandeshonline 12347+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन नभएको भन्दै सिद्धार्थनगरका नगर प्रमुख इश्तियाक अहमद खाँको संयोजकत्वमा गठित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको आसन्न भारत भ्रमणमा यही विमानस्थल प्रयोग गर्न आग्रह गरेको छ। समितिको मंगलबार बसेको बैठकले विमानस्थलको दिगो सञ्चालनका लागि सरकारलाई दबाब दिन यस्तो प्रतीकात्मक आग्रहसहितको पत्र पठाउने निर्णय गरेको हो।

समितिले प्रधानमन्त्रीलाई पठाएको पत्रमा अर्बौंको लगानीमा निर्मित राष्ट्रिय गौरवको आयोजना पूर्ण क्षमतामा सञ्चालन नहुँदा लुम्बिनी प्रदेशको समग्र विकास र समृद्धिमा नकारात्मक असर परेको उल्लेख छ। विमानस्थललाई लक्षित गरी पर्यटन र उद्योग क्षेत्रमा निजी लगानीकर्ताले गरेको अर्बौंको लगानी डुब्ने अवस्थामा पुगेको र यसले समग्र देशकै अर्थतन्त्रमा संकट ल्याउनसक्ने चेतावनी दिइएको छ।

प्रधानमन्त्रीले भैरहवाबाटै भारत प्रस्थान गरेमा विमानस्थल सञ्चालनप्रति सरकार गम्भीर रहेको सकारात्मक सन्देश जाने र स्थानीयमा रहेको निराशा कम हुने विश्वास समितिले लिएको छ। काठमाडौंका ठूला पर्यटन व्यवसायीको दबाबका कारण सरकारले यो विमानस्थल सञ्चालनमा चासो नदिएको स्थानीयको आरोप छ।

संघर्ष समितिले विमानस्थलको कार्गो भवन पनि तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ, जसबाट स्थानीय कृषि तथा जडीबुटी उत्पादनको निर्यातमा सहज हुने बताइएको छ। समितिले आफ्ना माग राख्न छिट्टै प्रधानमन्त्री ओलीसँग भेट्ने र रुपन्देहीका सबै १६ वटा पालिकाका प्रमुखहरूलाई सल्लाहकारमा मनोनयन गरी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार