मुख्य समाचार
बगहा माविमा चारकोठे भवनको शिलान्यास | बाराका तत्कालीन सचिव अन्सारीमाथि भ्रष्टाचार गरेको आरोपपत्र दायर | सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित विपरित : प्रधानमन्त्री | सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले झनै शंका जन्मायो : महासचिव गुरुङ | विधेयकमा शिक्षकका माग समेट्ने प्रचण्डको प्रतिबद्धता | सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा | पेस्तोलसहित भारतीय नागरिक पक्राउ | पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित | सडकआश्रित मानवको पुनःस्थापन सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य | बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको आग्रह |

कर्णालीको समृद्धिका लागि ब्यवसायिक कृषिलाई जोड दिऔँ : मुख्यमन्त्री शर्मा

Ujyalosandeshonline 5550+ समाचार ( )
९ माघ २०८०, मङ्गलबार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कृषि र वनमा आधारित उद्योगमा आधारित भएर कर्णालीको समृद्धि सम्भव हुने बताएका छन् । ‘कर्णालीमा जल जमिन, जंगल, जडीबुटी पनि छ । कृषिलाई ब्यवसायीकीकरण गर्ने हो भने कर्णालीको संमृद्धि सम्भव छ,’ उनले भने, ‘भौगोलिक अवस्था अनुसार कृषि पशुपालन र वनमा आधारित ब्यवसायिक कार्यले मात्र रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसबाट आर्थिक विकासमा योगदान पुग्छ ।’

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा गोष्ठीमा मुख्यमन्त्री शर्माले कृषि  र पशुपालनका क्षेत्रमा गरिने ब्यवसायिक प्रयोगले जनताको जीवनस्तर उकास्न सकिने भएकाले कृषि मन्त्रालय र त्यस मातहतको जनशक्तिको योगदान धेरै महत्वपूर्ण रहने बताए । उनले माटोको अवस्था, वातावरण आदिमा सुहाउँदो कृषि र पशुपालनलाई ब्यवसायिक बनाउन आवश्यक रहेको बताए । 

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले किसानलाई आफ्नो पेशा प्रति निराश हुन नदिने बताए । उनले कर्णाली प्रदेशमा मन्त्रालयले अघि बढाएका कार्यक्रमको नतिजा विस्तारै देखिदै गएको समेत दाबी गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार