मुख्य समाचार
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल |

सांसद् बोहराको निधनमा आज रोहिणीमा शोक विदा

Ujyalosandeshonline 12338+ समाचार ( )
१९ चैत्र २०८१, बुधवार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले बुधबार (आज) शोक विदा दिएको छ । रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (संघीय सांसद्) तथा पूर्वमन्त्री दीपक बोहराको निधनमा गाउँपालिकाले विदा दिएको हो ।

गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले २०८१ चैत २० गते बुधबार (एक दिन) शोक विदा दिइएको जानकारी दिए । उनका अनुसार आज रोहिणी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, सो मातहतको वडा कार्यालयहरु, आधारभूत स्वास्थ्य केन्द्रहरु, सामूदायिक तथा संस्थागत विद्यालयहरुको सेवा प्रवाह र पठनपठन स्थगित गरिएको छ । पूर्वनिर्धारित वार्षिक परीक्षाका कार्यक्रमहरु यथावत सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । 

बोहराको निधनले रोहिणी गाउँपालिका परिवार अत्यन्तै मर्माहित र दुःखित भएको अध्यक्ष यादवले बताए । ‘उहाँको असामयिक निधनले राष्ट्रले एक समर्पित जनप्रतिनिधि गुमाएको छ,’अध्यक्ष यादवले भने–‘दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्तजन तथा शुभचिन्तकहरुप्रति गहिरो समवेदना व्यक्त गर्दै यो कठिन घडीमा शोकाकुल परिवारमा सहन गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं ।’ 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता समेत रहेका बोहराको मंगलबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीर मंगलबार भैैरहवा ल्याएर जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेर पुुनः काठमाडौं लगिएको छ । बोहराको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार