मुख्य समाचार
गौतमबुद्ध लायन्सद्वारा भैरहवामा वृक्षारोपण | सुनसरी झडप: गोली लागेर युवकको मृत्यु भएपछि देवानगञ्जसहित पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु | नेपाल सि एम ए संघका प्रदेशस्तरीय भेला सम्पन्न, | दैलेखमा प्रहरी श्रीमती संघद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री र ब्याग वितरण | एमाले र नेकपाबिच प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति | नेपालतर्फ तस्करी गर्न लागिएको १३ लाखको जुत्ता-चप्पल भारतीय प्रहरीको नियन्त्रणमा | सीमा क्षेत्रका समस्या र पर्यटन प्रवर्द्धनका लागि नेपाल–भारतका पत्रकार मैदानमा | कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा | नक्कली रिभल्भर देखाएर रकम असुल्ने 'नक्कली घुमुवा प्रहरी' भैरहवाबाट पक्राउ | सीमा अनुगमनका लागि सादा पोसाकमा 'टास्क फोर्स' खटाइने: गृहमन्त्री गुरुङ |

मुख्यमन्त्री कँडेलले भने : वडा कार्यालयबाटै सेवा प्रदान गर्नुहोस्

Ujyalosandeshonline 11822+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले जेनजी आन्दोलनपछि वडा कार्यालय आगजनी गरिएका वीरेन्द्रनगर नगरपालिकाका वडाअध्यक्षहरूसंग छलफल गरेका छन् । आन्दोलनमा नगरपालिकाका १ देखि १२ वडासम्मका कार्यालयहरू आगजनी र तोडफोड गरिएपछि ती वडाहरूले हाल जिल्ला समन्वय समितिको हलबाट सेवा दिईरहेका छन । मुख्यमन्त्री कडेल आज जिल्ला समन्वय समितिको हलमै पुगेर सेवाग्राही सहित वडा अध्यक्षसंग छलफल गरेका थिए ।

वडा नम्बर १ देखि १२ सम्मका वडा कार्यालय जेन जी आन्दोलनका कारण ध्वस्त भएका कारण असोज ५ गतेदेखि वडाका नागरिकले सहज रुपमा सेवा पाउन भन्दै एकीकृत सेवा सञ्चालनमा ल्याएको थियो । स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री कडेलले वडा कार्यालयका संरचना आगजनी र तोडफोडपछि सेवा प्रवाहबारे भइरहेको असुविधाबारे वडा अध्यक्षहरूसंग छलफल गरेका थिए । मुख्यमन्त्री कडेलले अव अवस्था सामान्कृत हुदै गएकोले एक थान कम्प्युटर राखेर जलेकै भवनबाट भएपनि  सेवा प्रवाह गर्नु गर्न सुझाव दिएका थिए ।

मुख्यमन्त्री कडेलले छलफल क्रममा भने, ‘भौतिक संरचना नोक्सान भए पनि जति बचेको छ वडाबाटै सेवा प्रवाह गर्दा राम्रो सन्देश जान्छ,सबै वडाका कार्यालय एकै ठाउँमा राख्दा नागरिकलाई सेवा प्राप्त गर्न झन्झटिलो हुन्छ ,जति सक्यो छिट्टै वडामै फर्केर सेवा दिनुहोस ।’

गत भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा व्यापक तोडफोड र आगजनी भएको थियो । आन्दोलनकै क्रममा नगरपालिकाको भवन, नक्सा शाखा, पूर्वाधार शाखा लगायतका महत्त्वपूर्ण इकाइमा क्षति पुगेको छ । सात वटा वडा कार्यालय पूर्ण रूपमा जलेर खरानी भएका छन् ।

वडा नम्बर २, ३, ४, ५, ६, १० र ११ का कार्यालय पूर्णरूपमा ध्वस्त भएका हुन् भने वडा नम्बर १, ७, ८, ९ र १२ मा आंशिक क्षति पुगेको छ । घटनाले नगरपालिकाको प्रशासनिक संरचनामै ठूलो धक्का पु¥याएको भएपनि मुख्यमन्त्री कडेलले कठिन समयमा पनि जनताले पाउने सेवा–सुविधा जनताकै घरआँगनबाटै दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार