मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री

Ujyalosandeshonline 12437+ समाचार ( )
२ मंगशिर २०८२, मङ्गलबार

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत हाल्ने अवसर गुमाउन नहुने बताउनुभएको छ । सचिवालयबाट आज भिडियो सन्देश जारी गर्दै मन्त्री अर्यालले सरकारले कानुनी राज्यविहीनताबाट देशलाई सम्हाल्दै सुशासन कायम गरी फागुन २१ मा निर्वाचन गर्ने म्यान्डेट प्राप्त भएको उल्लेख गर्दै मताधिकार सुनिश्चित गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गर्नुभयो ।

 उहाँले भन्नुभएको छ, “निर्वाचन लोकतन्त्रको आधारशीला हो । वर्तमान सरकार कानुनी राज्यविहीनताबाट देशलाई सम्हाल्दै सुशासन कायम गरी तोकिएको समयमा निर्वाचन गर्ने म्यान्डेट रहेको छ । यसैले सबैको मताधिकार सुनिश्चित गराउने मुख्य आधार भनेको मतदाता नामामवलीमा नाम दर्ता गराउने भएकाले नाम दर्ता गराउन अनुरोध छ ।”

उहाँले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाईन प्रणालीबाट र बाँकी सबैले निर्वाचन आयोगको कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने पनि जानकारी दिनुभएको छ । हाल मङ्सिर ५ गतेसम्म नाम दर्ता गराउने समय थप भएकाले यो अवसरबाट कोही पनि नछुट्न उहाँले सार्वजनिक अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार