मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

९४६ केजी गाँजा समातेका पराजुली बने सर्वोत्कृष्ट प्रहरी

Ujyalosandeshonline 12611+ समाचार ( )
१० जेठ २०८२, शुक्रबार

विराटनगर । ९ सय ४६ किलोग्राम ९३८ बोरा गाँजासहित ट्रक र त्यसमा सवार व्यक्तिहरूलाई नियन्त्रणमा लिने कार्यको नेतृत्व गरेका प्रहरी सहायक निरीक्षक रुद्र बहादुर पराजुलीलाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले बैशाख महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’घोषित गरेको छ । 

पराजुली धनकुटाको इलाका प्रहरी कार्यालय राजारानीमा कार्यरत छन् । गत बैशाख १५ गते चौबिसे गाउँपालिका ५ बोधेस्थित अस्थायी प्रहरी बिट मौनाबुधुक र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको संयुक्त प्रहरी टोलीले ना.५ ख ६१५७ नम्बरको ट्रकमा लोड गरिएको ठूलो मात्रामा गाँजा बरामद गरेको थियो । 

ट्रकमा रहेका व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा बुझाइएको थियो । 

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार, पराजुलीले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल, इमानदारी र साहससाथ आफ्नो कर्तव्य निर्वाह गरेका छन् ।

यसले प्रहरी संगठनप्रति जनविश्वास थप मजबुत बनाएको जनाइएको छ । प्रहरी संगठनले यस्ता उत्कृष्ट कार्य सम्पादन गर्ने सुरक्षाकर्मीलाई हौसला र प्रेरणा दिनका लागि ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार