मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

नेपाली विद्यार्थीको मृत्युपछि भारतीय विदेश मन्त्रालयले भन्यो :‘निरन्तर सम्पर्कमा छौं’

Ujyalosandeshonline 11904+ समाचार ( )
१९ वैशाख २०८२, शुक्रबार

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहको विषयमा भारतीय विदेश मन्त्रालय ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेर अनुसन्धान गरिरहेको जनाएको छ । 

वीरगन्जकी साहको बिहीबार केआईआईटीको होस्टेलमा मृत अवस्थामा भेटिएकी थिइन् । नेपालस्थित भरतीय दूतावासले सार्वजनिक गरेको भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गरिएको छ । 

‘भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयकी नेपाली विद्यार्थीको दुःखद निधनले हामी अत्यन्तै दुःखी भएका छौं । यस कठिन घडीमा हामी शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं,’विज्ञप्तिमा अगाडि भनिएको छ,‘ यस दुःखद घटनाबारे जानकारी प्राप्त भएदेखि नै विदेश मन्त्रालय ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ । ओडिशा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र ओडिशा प्रहरीले हाल यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।’

भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरुको सकुशलता, सुरक्षा र हितलाई निकै गम्भीरताका साथ लिएको पनि विज्ञप्तिमा भनिएको छ ।  ‘हामी यस विषयबारे तत्कालै सूचना आदानप्रदान तथा समन्वयलाई सुनिश्चित गर्न नेपाली अधिकारीहरु, ओडिशा राज्य सरकार साथै केआईआईटी व्यवस्थापनसँग निरन्तर सम्पर्कमा छौं,’विज्ञप्तिमा भनिएको छ ।

केआईआईटीमा कम्प्युटर विज्ञानकी स्नातक प्रथम वर्षकी १८ वर्षीय छात्रा प्रिसा बिहीबार मृत अवस्थामा भेटिएकी थिइन् । बिहीबार (वैशाख १८) साँझ प्रिसा कलेज होस्टेलको १११ नम्बर कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यसअघि गत फागुनमा सोही ठाउँमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएकी थिइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार