मुख्य समाचार
सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न |

०४६ साल पछाडि सार्वजनिक पदमा बसेका सबै नेताहरुको सम्पत्ति छानविन गरौं : गगन थापा

Ujyalosandeshonline 12617+ समाचार ( )
८ असार २०८२, आइतबार

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले संसदबाटै एउटा शक्तिशाली छानबिन आयोग बनाएर ०४६ साल पछाडि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘जेन जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक छलफल कार्यक्रममा उनले नेपाली काङ्ग्रेसका मान्छेले उक्त आयोगले भनेका कुरालाई केही नभनी मान्छु भनेर एकपटक आँट गर्ने हो भने बल्ल यो जेनेरेशनका मान्छेले काङ्ग्रेसलाई विश्वास गर्ने बताए । 

उनले भने, ‘२०४६ सालको जनआन्दोलन पछि नेपाली काङ्ग्रेस पार्टी सत्तामा आएको हो । सत्तामा आएपछि वडादेखि केन्द्रको सत्तासम्म जस जसले जिम्मेवारी लिएका छौ वा सांसद भएका थियौं, मन्त्री भयौं, वडा अध्यक्ष भयौं, मेयर भयौ उनीहरु सबैका लागि एक शक्तिशाली छानविन आयोग बनाउन लगाऔं । आयोगमा देशले पत्याएको मान्छे छानौ । कुनै पार्टीको भागबन्डा नगरि मान्छे छानौ र त्यो मान्छेलाई ०४६ साल पछाडि काम गरेका, जिम्मेवारीमा बसेका प्रत्येक नेताको सम्पत्ति छानबिन गराउन लगाउ । छानविनको दायरमा जो परेपनि कांग्रेसले चुइक्क विरोध नगरौं । आयोगले जे भन्छ त्यो कुरालाई मानौं । यस्तो कामको आँट गरियो भने मात्र नयाँ जेनेरेशनले कांग्रेसको कुरा सुन्छ ।’

यस्तै, उनले नयाँ पुस्ताहरुमा पार्टीमा भएका नेताहरु चरम भ्रष्ट भएको कारणले देशको अवस्था राम्रो नभएको भन्ने छाप परेको पनि बताए । उनले भने, ‘अहिलेका नयाँ उमेर समूहका व्यक्तिलाई के लाग्छ भने नेपाल आजको दिनमा गएगुज्रेको अवस्थामा छ । यो अवस्थामा पु¥याउने काम नेपालका पार्टीहरुले नै गरेका हुन् भन्ने ठानेका छन् । के कारणले यस्तो भएको भन्दा नेताहरु चरम भ्रष्ट भएको कारणले हो भन्ने लागेको छ ।’

नयाँ जेनेरेशजले प्रमाण र यथार्थता खोज्ने हुनाले नयाँ जेनेरेशनसँग कुरा गर्नको लागि उनीहरुको कुरा पहिला सुनेर अगाडि बढ्नुपर्ने पनि उनको भनाई छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलगायतले आफ्नो धारणा राखेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार