मुख्य समाचार
संघीय संसदका दुवै बैठक आह्वान,प्रतिपक्षको अडानले बैठक बस्ने नबस्ने अनिश्चित | अर्थमन्त्री पुन भन्छन् ‘उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा’ | पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ घट्यो | उपेन्द्र यादवको रिटमा अन्तरिम आदेश, अदालतले दुवै पक्षलाई बोलायो | क्रिकेटर लामिछानेको निलम्बन फुकुवा | बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई | भारत र इरानले बनाउने बन्दरगाहबाट सबैलाई फाइदा पुग्ने | नेपालले बलियो आर्थिक संरचना सिर्जना गर्ने नीति लिएको छ : प्रधानमन्त्री | प्रभातफेरी कार्यक्रम गरी बुटवलमा मनाइयो बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सव | संसदको अवरोध खुलाउन प्रधानमन्त्रीसँग सभामुखको आग्रह |

संघीय निजामती ऐन संसद्मा दर्ता गर्ने तयारीमा छौं : प्रधानमन्त्री

Ujyalosandeshonline 2577+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन संसद्मा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।

बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिकोे बैठकमा प्रधानमन्त्री दाहालले, मन्त्रिपरिषद्को बैठकले संघीय निजामती ऐनलाई टुङ्ग्याइसेकेको भन्दै त्यसलाई सदनमा प्रस्तुत  गर्ने अन्तिम तयारी भइरहेको बताएका हुन् ।

सरकारको मुख्य जोड नै भ्रष्टाचार नियन्त्रण रहेको भन्दै  सुशासनलाई केन्द्रमा राखेर काम गरिरहेको दाहालको दाबी थियो ।  

उनले भने, ‘मेरो नेतृत्वको सरकारको मुख्य जोड नै भ्रष्टाचार नियन्त्रण,सबै तहमा विकास चुस्त र गतिशिल बनाउने , लोकतान्त्रिक पद्धतिको सुदृढीकरण गर्ने र शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पु¥याउने, स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई अवलम्बन गर्दै राष्ट्रियहितको रक्षा गर्न प्रतिबद्ध सरकार रहेको छ ।’

प्रधानमन्त्री दाहालले तीन तहका सरकारले सञ्चालन गर्ने आयोजनाहरुको प्राविधिक जटिलताको आधारमा आयोजना वर्गिकरण मापदण्ड २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको पनि जानकारी दिए ।

उनले भने,‘तीन तहका सरकारले सञ्चालन गर्ने आयोजनाहरुको बजेट सिलिङ ,विषय क्षेत्र र प्राविधिक जटिलताको आधारमा आयोजना वर्गिकरण मापदण्ड २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।’  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार