मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन पुरा : नेपाल प्रहरी

Ujyalosandeshonline 12461+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

काठमाडौं । यही शनिबार बझाङ र इलाममा हुन गइरहेको उपनिर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थापन पुरा भएको नेपाल प्रहरीले जनाएको छ । 

प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ मा हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थाको तयारी पुरा भएको जानकारी दिएका हुन् । 

मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो एवं मजबुद सुरक्षा व्यवस्था मिलाउने, उपलब्ध स्रोत साधन, जनशक्तिको अधिकतम परिचालन र थप स्रोत, साधन, जनशक्तिको व्यवस्था गर्ने, निर्वाचनपूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात गरी तीन चरणको सुरक्षा योजना बनाइ लागू गरिएको ढकालले बताए । 

उनले भने, ‘स्थानीयस्तरदेखि केन्द्रसम्म निरन्तर समन्वय, अनुगमन र सुपरिवेक्षण गरी समग्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उप–निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सक्रिय पहल गरिने छ ।’

मतपेटिकाको सुरक्षित संकलन तथा भण्डारण गर्ने र सुरक्षित र स्वतन्त्र रूपले मतगणना सम्पन्न गराउने लगायतका सुरक्षाका समग्र काममा प्रहरीले चुस्त रुपमा गरेको ढकालको भनाइ थियो । 

उप–निर्वाचनमा हुन सक्ने सम्भावित खतराहरूबारे उल्लेख गर्दै निर्वाचनपूर्व सुरक्षा व्यवस्था, निर्वाचन अवधिको सुरक्षा र निर्वाचन पश्चात सुरक्षा व्यवस्था मिलाइएको ढकालले उल्लेख गरे । 

प्रहरी नायव महानिरीक्षक ढकालले निर्वाचन व्यवस्थापन कार्यका लागि इलाम २ मा ७९ मतदानस्थल र १४९ केन्द्रमा गरी १ हजार ३ सय ६३ जना र बझाङमा ७४ मतदानस्थल र ९३ केन्द्रमा गरी १ हजार २४ जना प्रहरी जनशक्ति परिचालन गरिने बताए । 

मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरी सुरक्षा व्यवस्थापन मिलाइएको बताउँदै उनले सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिएको बताए । 

मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवान्छित गतिविधि भई सुरक्षा निकायले बल प्रयोग गर्नुपर्ने स्थिति आइपरेमा प्रचलित कानुन बमोजिम सुरक्षा कारवाही समेत ढकालले स्पष्ट पारे । 

इलाम क्षेत्र नम्बर २ मा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए । उनको निधन भएपछि निर्वाचन आयोगले त्यहाँ उपनिर्वाचन गर्दैछ । 

यसैगरी बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि सो स्थानमा पनि उपनिर्वाचन हुन लागेको हो । कानुन अनुसार कुनै पनि निर्वाचित सदस्यको निधन भएको ६ महिनाभित्र अर्को निर्वाचन गरिसक्नुपर्ने व्यावस्था छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार