आज तमु ल्होसार देशभर मनाईँदै ,देशभर सार्वजनिक बिदा

Ujyalosandeshonline 11090+ समाचार ( )
१५ पौष २०८१, सोमबार

काठमाडौ । आज तमु ल्होसार पर्व । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार भब्य रुपमा मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँवर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आजगुरुङ्ग समूदायको नयाँवर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिनाहुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । तिव्वतिबोद्धार्गी अनितिव्बतो बर्मेली समुदायमा ३ बर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ । यील्होसारहरुमा तमु या तालो ल्होसार, सोनामल्होसार अनिग्याल्बो ल्होसार पर्दछन् ।

सरकारले ‘तमु ल्होसारको पर्वको अवसरमा आज सार्वजनिकबिदा समेत दिएको छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष समारोहका बीच यो पर्व मनाउँदै आएका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार