मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

सुशासन कायम गर्न कर्मचारीहरुको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

Ujyalosandeshonline 12612+ समाचार ( )
२० माघ २०८०, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सुशासन,सामाजिक न्याय र समृद्धिको नारालाई साकार पार्न कर्मचारीहरुको सहयोग आवश्यक रहेको बताएका छन् ।

सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीहरुको सहयोग आवश्यक रहेको बताएका हुन् । उनले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारीको योगदान धेरै नै महत्वपूर्ण रहेको बताए ।

शनिबार माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको १६ औं स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा पुगेका प्रधानमन्त्री दाहालले सुशासनका लागि कर्मचारीको भूमिका महत्वपूर्ण रहेको बताए ।

व्यवस्थताका कारण प्रशिक्षणका लागि असमर्थ रहेको उल्लेख गरेका उनले संगठन राम्रो प्रगतिको बाटोमा रहेको सुन्न पाउँदा आफूलाई खुसी लागेको भन्दै सरकारको सुशासन, सामाजिक न्याय र संमृद्धिको नारालाई साकार पार्न सुशासन कायम गर्ने कुरामा संगठनको भूमिका र योगदान महत्वपूर्ण रहेको बताए ।

‘सुशासन कायम गर्ने कुरामा तपाईंहरुको योगदानको धेरै ठूलो महत्व छ । आउने दिनमा संस्थागत सहयोग प्राप्त हुने म विश्वास गर्छु,’उनले भने ।

कर्मचारीतन्त्र भित्र देखा परेका समस्या समाधानका लागि संगठनले सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिँदै दाहालले भने, ‘तपाईंहरुले सरकारलाई सुशासन कायम गर्ने कुरामा कर्मचारीतन्त्रभित्र देखा परेका समस्या समाधान गर्ने कुरामा अझ धेरै सहयोगको अपेक्षा गर्छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै