मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

रुपन्देही ५ मा रास्वपा उम्मेदवार तौफिक घरदैलोमा: ५ वर्षभित्र सुविधायुक्त क्षेत्र बनाउने घोषणा

अन्जना चौहान 5+ समाचार ( )
९ फाल्गुन २०८२, शनिबार

लुम्बिनी ।आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले घरदैलो अभियानलाई तीव्र पारेका छन्। मतदाताका समस्या सुन्न र सुझाव संकलन गर्न गाउँ–टोल पुगेका उनले ५ वर्षभित्र यस क्षेत्रलाई लुम्बिनी प्रदेशकै सुविधायुक्त र व्यवस्थित बनाउने घोषणा गरेका छन् ।

कृषि, पर्यटन र व्यापारलाई मुख्य सम्भावना मानेका तौफिकले रोजगारी सृजना, सुशासन र पारदर्शितालाई आफ्नो प्राथमिकतामा राखेका छन्। घरदैलोका क्रममा स्थानीयले सडक,खानेपानी, शिक्षा र स्वास्थ्य सेवा सुधारको अपेक्षा राखेपछि उनले ती समस्या योजनाबद्ध रूपमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘समृद्ध क्षेत्र नं. ५ को बलियो आधार’ नारासहित चुनावी मैदानमा रहेका उनले सडक पूर्वाधारलाई विशेष जोड दिएका छन्। जसअन्तर्गत हुलाकी राजमार्ग समयअगावै सम्पन्न गर्ने, लुम्बिनी–गैडहवा–रुद्रपुर–सैनामैना जोड्ने सडकलाई ४ लेनमा विस्तार गर्ने र ५ वर्षभित्र सबै मुख्य टोल–बस्तीका सडक कालोपत्रे वा आरसीसी गर्ने उनको प्रमुख योजना रहेको छ। विकास र इमान्दार नेतृत्वको खोजीमा रहेका मतदातामाझ उम्मेदवार घरदैलोमा पुगेसँगै यस क्षेत्रको चुनावी माहोल थप तातेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार