मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

रुपन्देही ५ मा रास्वपा उम्मेदवार तौफिक घरदैलोमा: ५ वर्षभित्र सुविधायुक्त क्षेत्र बनाउने घोषणा

अन्जना चौहान 5+ समाचार ( )
९ फाल्गुन २०८२, शनिबार

लुम्बिनी ।आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले घरदैलो अभियानलाई तीव्र पारेका छन्। मतदाताका समस्या सुन्न र सुझाव संकलन गर्न गाउँ–टोल पुगेका उनले ५ वर्षभित्र यस क्षेत्रलाई लुम्बिनी प्रदेशकै सुविधायुक्त र व्यवस्थित बनाउने घोषणा गरेका छन् ।

कृषि, पर्यटन र व्यापारलाई मुख्य सम्भावना मानेका तौफिकले रोजगारी सृजना, सुशासन र पारदर्शितालाई आफ्नो प्राथमिकतामा राखेका छन्। घरदैलोका क्रममा स्थानीयले सडक,खानेपानी, शिक्षा र स्वास्थ्य सेवा सुधारको अपेक्षा राखेपछि उनले ती समस्या योजनाबद्ध रूपमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘समृद्ध क्षेत्र नं. ५ को बलियो आधार’ नारासहित चुनावी मैदानमा रहेका उनले सडक पूर्वाधारलाई विशेष जोड दिएका छन्। जसअन्तर्गत हुलाकी राजमार्ग समयअगावै सम्पन्न गर्ने, लुम्बिनी–गैडहवा–रुद्रपुर–सैनामैना जोड्ने सडकलाई ४ लेनमा विस्तार गर्ने र ५ वर्षभित्र सबै मुख्य टोल–बस्तीका सडक कालोपत्रे वा आरसीसी गर्ने उनको प्रमुख योजना रहेको छ। विकास र इमान्दार नेतृत्वको खोजीमा रहेका मतदातामाझ उम्मेदवार घरदैलोमा पुगेसँगै यस क्षेत्रको चुनावी माहोल थप तातेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार